सागको भब्य उद्घाटन

काठमाडौं :  १३औं सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामै राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने कार्यक्रम छ । तेस्रो पटक दक्षिण एसियाली खेलकुद आयोजना नेपालमा गर्न लागेको हो । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहका लागि बुधबार दशरथ रंगशालामा पूर्वतयारी गरिएको छ ।
मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ । १३औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ ।

Spread the love