सागको अन्तिम फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेल

काठमाडौं :नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ ।
फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । नवौं दिनसम्म भारतले १ सय ६६ स्वर्णसहित अग्रता बनाएको छ । ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ । पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ ।

बास्केटबलको फाइनल आजै हुने छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल र महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल हुने छ । बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुने छ । पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ ।

Spread the love