१३ औं सागमा आजदेखि जुडो

२२ मंसिर, काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत सातदोबाटोमा सञ्चालन भइरहेको पौडीमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० केजी मुनि ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोमा सुटिङ, टेनिस र स्क्वासले पनि निरन्तरता हुनेछ । बक्सिङमा आज पनि सेमिफाइनल राउण्डको खेल हुनेछ । जसमा नेपालका ५ खेलाडीले खेल्दैछन् । कीर्तिपुरस्थित कभर्डहलमा सुटिङ, टेनिस र स्क्वासले पनि निरन्तरता पाउनेछ । स्क्वासमा आज महिला र पुरुषका फाइनल खेलहरु हुनेछन् ।

Spread the love