रामनवमी पर्वमा कोरोनाको प्रभाव

काठमाडौँ, २० चैत : त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म मनाइँदै छ ।
हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी, देशैभरि श्रद्धापूर्वक मनाइँदै छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् रामचन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दथ्यो । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो हुन्थ्यो ।

Spread the love