बिना अनुमति कोरोनाको औषधि बिक्री बितरण गर्ने थालेपछि रामदेवविरुद्ध मुद्दा

नयाँदिल्ली : हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो । कोरोनाको बिश्व माहामरी भैरहेको बेलमा झुटो प्रचार गदै बिना अनुमति औपाधी बिक्री बितरण गर्ने थालेपछि रामदेब बिरुद्घ मुद्घा दर्ता चलाईएको हो ।

पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो । भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ ।

Spread the love