रामको जन्मभूमि अनुशन्धान गर्न पुरातत्त्व विभाग चितवनमा

साउन, काठमाडौं, : प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा रामको जन्म नेपालमा भएको तर भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप भएकाे बताउनुभएपछि यसको ठोस प्रमाणका लागि पुरातत्व बिभाग लागि परेको छ । रामको जन्म अयोध्या मै भएको जानकारहरु बताउछन् । अयोध्या भन्ने स्थान चितवन जिल्लामै हुनाले रामको जन्म नेपालमै भएको प्रधानमन्त्रीको मत थियो । माडीका स्थानीय तथा त्यहाँका सरोकारवालाहरु रामको जन्म माडीमा हुनसक्ने प्रमाण्हरु धेरै भएको बताउछन् । त्यसक्षेत्रमा वाल्मिकी क्षेत्रमा घोडा बाँध्ने स्थान, सीता पाताल भासिएको स्थान, पानीको कुवा लवकुश खेल्ने स्थान, पुराना इटाका टुक्रा, ढुङ्गा, माटो जस्ता प्रमाणहरु रहेको स्थानीय बताउछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ ।

Spread the love