लेखक राजन थपलियाको कविता अमेरिका विद्यालयको कोर्सबुकमा

दिपक न्यौपाने, काठमाडौ : अमेरिका निवासी युवा लेखक राजन  थपलियाको कविता नेपालको कोर्सबुकमा राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी कोर्सबुकमा राखिएको हो । नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको बारेमा लेखिएको थियो । थपलियाले उक्त कविता आफूले ७ बर्ष अगाडि लेखेको र बालबालिकाहरुलाई देशप्रेमबारे ओतप्रोत बनाउने प्रेरित गर्नेगरी कोर्सबुकमा नै राखिएकोमा आभार व्यक्त गरे । उक्त कविता मिस्टिक नेपाल शीर्षकमा लेखिएको छ । पाथ फाइन्डर नामको उक्त कोर्सबुक यसैबर्षदेखि कोर्सबुकमा राखिएको हो । पुस्तकको सम्पादन गोविन्दराज शर्मा र कृष्णप्रसाद मरासिनीले गरेका हुन् । अमेरिका निवासी युवा लेखक राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । हालै उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।

Spread the love