पर्यटन क्षेत्रमा युवा नेतृत्वको रुपमा मेरो उमेद्वारी – शान्त मणी दनै (रवीन)

शान्त मणी दनै (रवीन)को टानमा सदस्य पदमा उमेद्वारी किन ?
दिपक न्यौपाने, काठमाडौ ः धादिङ् जिल्लाको ज्वालामुखी गाँउपालीकामा जन्मिएका शान्त मणी दनै (रवीन) हाल पर्यटन क्षेत्रमा संम्लग्न नाम हो । हाइकअन ट्रेक एण्ड ट्रभलसका संचालका रुपमा शान्त मणी दनै परिचीत नाम हो । १७ वर्षको उमेर देखि पर्यटन क्षेत्रमा लागेका रवीन हाल हाइकअन ट्रेक एण्ड ट्रभलसका संचालक छन । धादिङ्को सामान्य परिवारमा जन्मिएका भएपनि पर्यटन क्षेत्रमा रुचि राख्दै आएका शान्त मणी दनै (रवीन)ले हाइकअन ट्रेक मार्फत नेपालमा पर्यटन क्षेत्रको बिकाश गर्ने उदेश्यले ट्रेकिङ्ग एजेन्सी एसोसियसन अफ नेपाल टानको सदस्य पदमा उमेद्वारी दिने पक्का भएको छ ।
 पर्यटन क्षेत्रको बिकाशको लागी रवीन शर्माको महत्वपुर्ण योगदान

बिदेश जान तयार बनेका शान्त मणी दनै (रवीन) नेपालका युवाहरुलाई स्वदेशमै कृषी तथा पर्यटन क्षेत्रमा स्वरोजगारी वनाउने उत्प्रेरण जगाउने व्यक्तिको रुपमा चिनिन्छन् । सुन्दर गणेश हिमालको प्रकृतिक मोहले गर्दा सुन्दर नेपाल वनाउने कल्पना गरि पर्यटकलाई पथ पर्यटन गराउने उदेश्यले नेपालको पर्यटन क्षेत्रको बिकास र बिस्तार गदै बिदेशीन बाध्य युवाहरुलाई उदाहरणीय बनेका छन् ।


शान्त मणी दनै (रवीन)


उत्साह र उमङ्गका पाइलाहरु उठान गर्ने सबल नेतृत्वको रूपमा शान्त मणी दनै परिचीत नाम हो । इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने ऐना बनाउने यस सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यवसायिक हक, हित र सह–अस्तित्वका खातिर टानले परिलक्षित गरेका लक्ष्यहरु हाँसिल गर्नका लागि शान्त मणी दनै (रवीन)को सदस्यमा उमेद्वारी परेको हो । यो उमेर समुहका युवा युवतीहरु बिदेश पलायन हुन नदिन टानको आगामी निर्वाचनमा सदस्यको पदमा उमेद्वारी दिएका हुन् ।
बेरोजगारीको भुमरीमा रुमल्लीयका युवा युवतीहरुलाई ट्रेकीङ्ग व्यवसायमा संगै लिएर हिड्न सक्ने निडर क्षमता बोकेका शान्त मणी दनै (रवीन)को उमेद्वारी दिने निणर्य पक्का भएको हो ।
प्रकृतिको धनी देश नेपालमा पर्यटन क्षेत्र एक युवा पुस्ताहरुको लागी गन्तव्य स्थान बन्न सक्छ । सो कार्य रविनसहितको नेतृत्व बोकेको टिमले पुरा गर्ने छ । पर्यटन क्षेत्रमा झण्डै ४० प्रतिशत देखि ४४ प्रतिशत सम्मका युवा सदस्यहरुको प्रतिनिधित्व गर्ने उदेश्यले आफ्नो उमेद्वारी दिएका हुन् ।
पर्यटन व्यबसायीहरुका समस्यालाई समाधानका लागि उच्च प्राथमिकता दिदै तमाम सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र गराउने कुशल प्रतिनिधिको रुपमा (रवीन)को उमेद्वारी आउने निश्चित भएको हो ।

Spread the love