क्युटी सर्वोत्कृष्ट डिजाइनर

काठमाडौं : इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि उमा राइका मगरले जितिन्। मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरका तर्फबाट १७ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत पाएकी छन्।  उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को ललितपुरमा केज फिटनेस सेन्टरका तर्फबाट २५ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत जितेकी छन्। प्रतियोगितामा लिडर अफ द इयरको उपाधि फेसन प्रशिक्षकहरू सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए। प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत ९८ जना फेसन डिजाइनिङका विद्यार्थीले सहभागिता जनाएका थिए।

Spread the love