पक्की घर र विगाह जमिन भएकालाई ‘गरिब परिचय पत्र’

धनगढी: असमान तरिकाले परिचयपत्र बाँडेकोमा आक्रोस धनगढीमा उपमहानगरपालिका वडा नम्बर १२ जगेडावासीले पाउनुपर्नेले गरिब परिचयपत्र नपाएको भन्दै कार्यालयमा तालाबन्दी प्रयास गरे । पक्की घर र विगाह जमिन भएकालाई ‘गरिब परिचय पत्र’ वितरण गरेको भन्दै धनगढीका स्थानीयले विरोध गरेका छन् । ऐलानी जमिनमा बस्दै आएको,  तर पनि परिचयपत्र पाइन, सरकारले कुन आधारमा वितरण गरेको हो ?’ वास्तविक गरिबले पाउन नसकेको स्थानीय बरजंग सिंहको आरोप छ । परिचयपत्र वितरणमा वडाको कुनै कमजोरी नभएको वडा नम्बर १२ का वडा अध्यक्षले बताए  भने  सरकारले २०६९ सालमा गरिबहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो । घरपरिवार पहिचान सर्वेक्षणमा छनौट भएका घर परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने काम देशभर गरिरहेको छ ।  धनगढीमा २७ हजार घर धुरीमध्ये ५ हजार ८ सय ८५ घरधुरीको गरिब परिचयपत्र आएको छ ।

Spread the love