१२ जना जुवाको खालबाट पक्राउ

विराटनगर — मोरङ प्रहरीले सोमबार राति जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट नियन्त्रण लिइएको हो । १२ जना जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद भएको छ ।  २३ असोजमा पनि प्रहरीले बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, एक सेट कौडा, ३ बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो । यसअघि भदौ तेस्रो साता कानेपोखरी–७ मा जुवा खेलिरहेका १२ जना पक्राउ परेका थिए ।

Spread the love