नेपालमा पानीजाहाज कार्यलय सुनसान

२०७५ फागुन २ गते स्थापना भएको ६ महिना बितिसकेको छ । पानीजाहाजको भबिष्य कता छ भर छैन तरपनि कार्यलयले टोका खोल्ने र बन्द गर्ने कम मात्र गर्ने हाजीरी छ । उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ। ५० वर्षअघि बनेको पानीजहाज दर्ता ऐन, २०२७ समय सुहाउँदो नभएको भन्दै कार्यालय स्थापना भई दरबन्दी तोकिए पनि कर्मचारी निस्क्रिय बन्नुपरेको छ। १६ दरबन्दी तोकिए पनि हाल ९ जना मात्रै पूर्ति भएको छ।
मेकानिकल इन्जिनियरसहित शुरूमा सहसचिव तहको रजिस्ट्रार पूर्ति भए पनि सेवा निवृत्तका कारण हाल उक्त पद खाली छ। एक सहसचिव तहको भई उपसचिव तहको इन्जिनियरले कार्यालय चलाइरहेका छन्।

Spread the love