सिटी युनिभर्सिटी र संकरा एकेडेमी अफ भिजनको समुद्घाटन

सिटी युनिभर्सिटी र संकरा एकेडेमी अफ भिजनको संयुक्त आयोजनामा प्रथम इन्डे नेपाल समिट काठमाडौंमा सम्पन्न सिटी युनिभर्सिटी पन्जाब र संकरा एकेडेमी अफ भिजनको संयुक्त आयोजनामा प्रथम इन्डे नेपाल समिट काठमाडौंमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सिटी युनिभर्सिटीका चान्सलर चरनजीत सिङ चेन्नाइ, भाइस चान्सलर डाक्टर हर्ष सदावर्ती, प्रो चान्सलर तथा सिटी ग्रुपका मेनेजीङ डाइरेक्टर डाक्टर मानबिर सिङ संकरा एकेडेमी अफ भिजनका प्रिन्सिपल डाक्टर आदित्य गोएल, नेपाल सरकार, नेपाल हेल्थ प्रोफेशनल काउन्सिलका रजिस्ट्रार पुष्प राज खनाल लगायत दुई सय भन्दा बढि नेपालका कलेज तथा युनिभर्सिटीका प्रोफेसर, प्रिन्सिपल र सिटी युनिभर्सिटीका पुर्व बिध्यार्थीहरू को बाक्लो उपस्थित रहेको थियो।

प्रमुख अतिथि नेपाल सरकार, नेपाल हेल्थ प्रोफेशनल काउन्सिलका रजिस्ट्रार पुष्प राज खनालले पानसमा बत्तीबाली कार्यक्रमको समुद्घाटन गर्नु भए को थीयो। भारतको सिटि विश्वविध्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा शनिबार विश्वविद्यालयको प्रतिनिधि मण्डलद्वरा आयोजित उच्चशिक्षा सम्बन्धि सम्मेलनपश्चात् आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै विश्वविध्यालयका कुलपति चरण जीत सिंह चान्निले विद्यार्थीलाइ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा योग्य बनाउन आफुहरुले नयाँ युग अनुसारको शिक्षा दिने बताउनु भयो । हामिले उपाधि मात्रै दिएर पठाउदैनौ २/३ वर्षको ईन्टरशिपमार्फत क्षमता समेत दिएर पठाउँछौं “, उहाँले भन्नु भयो । कार्यक्रम समापन पश्चात युनिभर्सिटी ग्रुपले एक प्रत्रकार सम्मेलन गरी हरेक बर्ष यस्ता जानकारी मुलक समिट गरीने समेत जानकारी गराइएको थीयो।

Spread the love