निफ्राका लगानीकर्ता मालामाल हुने

नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ । लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ ।  नागरिक उड्डयन क्षेत्र अन्तर्गत विभिन्न विमानस्थलको निर्माण एवं सञ्चालन तथा एयरलाइन्स कम्पनीको सञ्चालनमा अहिले लगानी गर्ने सम्भावना छ । तर, विमानस्थल निर्माणमा अहिले नै निजी क्षेत्रले सहभागिता जनाउन पाउँदैन । अहिले देशभरको विमानस्थलको निर्माण र सञ्चालनको अधिकार प्राधिकरणलाई मात्रै छ । अहिले संघीय संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण स्थापनासम्बन्धी विधेयक विचाराधिन अवस्थामा छ । यो विधेयक पारित भएपछि भने विमानस्थलमा निजी क्षेत्रको सहभागिता खुला हुनेछ । एयरलाइन्स कम्पनीको सञ्चालन गर्न भने अहिले निजी क्षेत्रलाई अहिले पनि खुला नै छ । लगानीका यीनै सम्भावनाबारे छलफल भएको क्यानका प्रवक्ता क्षेत्री बताउँछन् ।

निफ्राको टोलीले यो क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा अघिल्लो साता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्य्र पाण्डे बताउँछन् । ‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं ।

Spread the love