९० दिनलाई नयाँ ब्यापार शुल्क निलम्बन – अमेरिका चीन

१६ मंसिर, काठमाडौं  : हृवाइट हाउसका अनुसार चीन अमेरिकाबाट कृषि, ऊर्जा लगायतसँग सम्बन्धित महत्वपूर्ण खरिद गर्न सहमत भएको छ ।  अमेरिका र चीन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन्, ता कि यो बीचमा दुई देशबीच सम्वाद होस् ।

जी-२० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार शुल्क लागू नगर्ने सहमति भएको अमेरिकाले जनाएको छ । चीनले भने जनवरी एकबाट कुनै पनि नयाँ ब्यापार शुल्क नथप्ने सहमति भएको बताएको छ । दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेटेका थिए ।  अमेरिकाले २०० बिलियन डलर बराबरको चिनियाँ सामानमा जनवरी १ बाट २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । जबकी यो हाल १० प्रतिशत मात्र छ ।

Spread the love