नयाँ शक्तिका पूर्वमाओवादी फर्किँदैछन् – प्रचण्डको दाबी

prachanda

२२ साउन, पोखरा : चार नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आइतबार पोखरामा सम्बोधन गर्दै प्रचण्डले भने  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टीमा रहेका पूर्वमाओवादी सबै नेताहरु फर्किन लागेको दाबी गरेका छन् । , ‘नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउँदै हुनुहुन्छ । सबै माओवादी साथीहरु र्फकने अवस्था छ ।’ ‘वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त ?’ प्रचण्डले भने, ‘जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको विकल्प छैन ।’ मोहन वैद्य र विप्लव नेतृत्वको नेकपाभित्र पनि एकताका लागि दवाव परेको प्रचण्डले दाबी गरे ।

यसअघि काठमाडौंमा एक सातासम्म बसेको माओवादी केन्द्रको सचिवालयको बिस्तारित बैठकले पनि बाबुराम, वैद्य र विप्लवलाई एकताको आह्वान गरेको थियो । तर, तीनै जना नेताहरुले त्यसलाई अस्वीकार गरिसकेका छन् । प्रचण्डले भने पार्टीलाई रुपान्तरण गर्ने र नयाँ बनाई छोड्ने संकल्प आफूहरुले गरेको भन्दै एकताको मुख्य जिम्मेवारी पूरा गरेरै छाड्ने बताउँदै आएका छन् । वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै माओवादी केन्द्रको समस्या हो भन्दै प्रचण्डले त्यसलाई सुधार्नुपर्नेमा जोड दिए । राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा देशव्यापी बहस र अभियान चलाउने उनले बताए ।

एमालेलाई संघीयता घाडो भएको र गणतन्त्र पनि मन नपरेको भन्दै प्रचण्डले भने, ‘एमालेलाई समावेशिता पनि मन परेको छैन । हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बन्दा असैहृय भएको छ । माओवादीले पहल नलिने, जनतालाई प्रशिक्षित नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउँछन् ।’ माओवादीको जनमत कमजोर नभएको र निर्वाचन परिणामले माओवादी नेपाली राजनीतिको वैकल्पिक धारा स्थापित भएको उनको दाबी छ ।

Spread the love