नागढुंगा–पिपलामोड सडकमा लामो सवारी जाम

धादिङ : दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । त्रिभुवन राजपथको नागढुंगा देखि नौविसे सम्मको सडक मर्मतका नाममा घण्टौं सम्म सडकमा सवारी आवागमन ठप्प हुन थालेपछि लाखौं यात्रु मारमा परेका छन् । ठूला सवारीहरु मालसमान बोकेर भित्रिने क्रम भएको कारण सवारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
राजमार्ग क्षेत्रका धार्के, महादेबबेसी, सिम्ले, गल्छी, बैरेनी,गजुरी मलेखुबाट काठमाण्डौं जान र काठमाण्डौंबाट यि ठाउँमा फर्कन पनि दिनभरको यात्रा गर्नु पर्ने वाध्यतामा यात्रुहरु रहेका छन ।
काठमाडौंबाट  विहान ६ बजे गाडी चढेका यात्रु धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी आईपुग्न १२ घण्टा सम्म लाग्ने गरेको छ । बिग्रिएको बाटो, यात्रुको चाप भएकै बेला नागढुंगा–पिपलामोड सडक मर्मतका नाममा भदौ १५ देखि हरेक रात राजमार्ग बन्द गर्न थालेपछि यात्रुहरू सडकमै अलपत्र छन । प्रहरीले रातदिन नभनी व्यवस्थापन गर्दा पनि जाम खुलाउन सकस भइरहेको छ ।

Spread the love