रमेश एम. के. पौडेलको निर्देशनमा – “मुस्कान दिन्छु माया तिमीलाइ ..”

अमेरीका : चलचित्र राज्जा रानी, रूद्रप्रियाका निर्माता रमेश एम. के. पौडेल बिगत केहि समय देखि अमेरीकामा बस्दै आइरहेका छन् ।

रमेश एम. के. पौडेल

अमेरीकामा फिल्म निर्देशनको कोर्ष पनि गरेका थिए । निकट भबिष्यमै चलचित्रको छायाँकनमा जाने तयारी गरिरहेका निर्माता पौडेलको निर्देशनमा मुस्कान दिन्छु माया तिमीलाइ ..” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मुस्कान दिन्छु माया तिमीलाइ ..” गीत पौडेलको पहिलो निर्देशकीय पाइला हो । यो गीतलाइ उनले अमेरीकाको टेक्सस् राज्यको डालशमा छायाँकन गरेका छन् । निर्देशक पौडेल स्वयंमको शब्द रहेको अस्मिता अधिकारीको स्वर रहेको यो गीत बद्री लामिछानेले सम्पादन गरेका हुन् । उक्त भिडियोमा इम्ली लामा र पासाङ्ग लामाले अभिनय गरेका छन् भने  रमेश एम. के. पौडेलको शब्दलाइ सुवास भुषालले संगीत गरेका छन् ।

एरेन्ज पुरूषोत्तम सुबेदीले भरेका छन् । दामोदर गजुरेलले कलर गरेको उक्त गीतमा सत्यम रानाले भि. एफ. एक्स. गरेका छन् । प्रोडक्शन डिजाइनर ज्ञानेन्द्र बन्जाराले गरेका छन् । गीत अहिले बोधी एचडि यूट्युब च्यानलमा सार्बजनिक गरीएको छ ।

Spread the love