मेलम्चीको पानी वितरणको शुभारम्भु पाँचौ पल्ट

‘उद्घाटन गर्दा गर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन’ प्रधानमन्त्रीले सोमवार उद्घाटन गरेको मेलम्चीको पानी वितरण अर्को वर्ष पनि यसरी नै गर्नुपर्ने अवस्था आउन सक्ने छन्। काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पनि प्रधानमन्त्रीले यसअघि चार पटक उद्घाटन भइसकेको मेलम्चीको पाचौँ पटक उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका छन्। धानमन्त्रीले यो पटक गरेको ‘शुभारम्भ’ सँगै मेलम्चीबाट ल्याइएको पानी वितरण उद्घाटन कति पटक भए भन्नेबारेमा सामाजिक सञ्जालमा चर्चा, आलोचना र व्यङ्ग्यात्मक टीप्पणी, सबै भइरहेको छ। कतिपयले यो आठौँ पटक भएको दाबी गरेका छन्। विसं २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भृकुटीमण्डपमा ढुङ्गेधारा बनाएर तामझामसाथ उद्घाटन गरेको मेलम्ची खानेपानी आयोजनाको पानी त्यसको तीन महिना पछि आएको बाढीले मुहान पुरिदिएपछि बन्द भयो।

मेलम्ची खानेपानी

त्यसको केही महिनापछि २०७८ आषाढ १ गतेको बाढीबाट मेलम्चीको मुहान क्षतिग्रस्त भयो। तर बाढीले जम्मा गरेको गेग्रान हटाएर र मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैसाखमा पुन मेलम्चीको पानी काठमाण्डू ल्याइएको थियो। यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थायी संरचना क्षतिग्रस्त बनाएपछि अस्थायी व्यवस्था गरेर पानी ल्याउन माघसम्म पर्खनुपर्‍यो। गतवर्ष जस्तै अस्थायी संरचना बनाएर ल्याइएको पानी बर्खा लागेपछि पुन: बन्द गरिने खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बताइन्।

मेलम्ची खानेपानी
काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई २६ किलोमिटर लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ नेपालमा हरेक वर्ष जून महिनाबाट मनसुन भित्रिने गरेको छ। अघिल्लो पटक आयोजनाले मे अन्तिमबाट सुरुङमा पठाइने पानी क्रमिक रूपमा बन्द गर्दै लगेको थियो।
Spread the love