खाने पानीको हल्लाले बगायो काठमाडौ

काठमाडाैं ।अायाेजनाकाे काह हाल ९० प्रतिशत सम्पन्न भइसकेको , अन्तिममा अाएर विवदा हुँदा निर्धारित समयमा अायाेजना सम्पन्न हुने अवस्था टर्दै अाएकाे छ ।यस वर्षकाे दशैँअघि नै काठमाडाैंमा मेलम्चीकाे पानी अाउने कुरामा सन्देह बढेकाे छ । मेलम्ची खानेपानी आयोजनामा सरकार र ठेकेदार कम्पनीबीच विवाद बढेसँगै दशैँअघि काठमाडाैँमा मेलम्चीको पानी आउन सक्ने सम्भावना घटेको सरकारी अधिकारीहरू नै बताउँछन्।मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थानमा ‘हेड बक्स’ खन्दा सम्झौता गरिएभन्दा बढी इफाेर्ट परेपछि ठेकेदार कम्पनीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी रकम दाबी गरेको छ । मेलम्ची विकास समितिले भने उक्त कामलाई इन्जिनियरको हिसाब अनुसारकाे मात्रै हुने भन्दै २८ करोड रूपैयाँ थपिदिएकाे छ । तर ठेकेदार कम्पनी आश्वस्त नहुँदा काम प्रभावित बनेकाे बताइन्छ । यद्यपि विवादकै कारण हेडबक्स निर्माणकाे कार्य सुरू भएकाे छैन, तत्कालका लागि अस्थायी बाँध बनाएर पानी ल्याउने भनिए पनि उक्त काम समेत अघि बढ्न नसकेकाे स्राेतकाे भनाइ छ ।

मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार हेड बक्स खन्दा सम्झौतामा ३२ हजार घनमिटर रहेकाेमा पछि डाँडा नै काट्नुपर्दा एकलाख घन मिटर माटो खन्नुपरेकाे ठेकेदारकाे दाबी छ । त्यसका लागि ठेकेदार कम्पनीले डेढ अर्ब बढी रकम माग गरेको उनकाे भनाइ छ।  याे विवादबारे आगामी बुधबार ‘डिस्प्युट बोर्ड’बाट अन्तिम फैसला हुने बताइएकाे छ ।

विगतमा पटकपटक ‘दशैँअघि नै मेलम्चीकाे पानी काठमाडाैंँ अाउने’ बताइँदै अाएकाे थियाे । तर विभिन्न विवाद र ढिलासुस्तीले गर्दा अायाेजना सम्पन्न हुने कार्य लम्बिँदै गएकाे छ भने काठमाडाैंका बासिन्दाकाे सपनामा तुषारापात भइरहेकाे छ ।

पछिल्लाे समय सम्झौतामा उल्लेख गरिएभन्दा बढी काम गरेको भन्दै ठेकेदार कम्पनीले डेढ अर्ब रूपैयाँभन्दा बढी थप रकम दावी गरेपछि दुवै पक्षबीच विवाद बढेको बताइन्छ । विवाद बढेपछि एक महिनादेखि आयोजनाको काम प्रभावित भएकोले निर्धारित समयमै पानी काठमाडाैँ ल्याउन नसकिने विशेष स्राेतले जनाएकाे छ ।

तर काठमाडाैँबासी भने अहिले पनि अायाेजनाका कर्मचारी र मन्त्रीहरू झुटकाे साक्षी मात्र बस्न सकेका छन् । वर्तमान खानेपानीमन्त्री विना मगरले पनि मेलम्चीको पानी दशैअघि नै काठमाडाैँका घरघरमा अाइपुग्ने बताउँदै अाएकी छन् । यसअघि गत चैत २७ गते अायाेजनाकाे मुख्य सुरूङ निर्माण सम्पन्न भएसँगै अाउँदाे साउनमा पानी काठमाडाैँ अाइपुग्ने बताइएकाे थियाे । तर शुक्रबार आयोजनाले पत्रकार सम्मेलन गर्दै ठेकेदारका कारण काम प्रभावित भइरहेकाे बतायाे ।

Spread the love