नुवाकोटका चर्चित निर्देशक,कलाकार होम धिताललाई मातृ शोक

भरतसन्तोषी,नुवाकोट यती बेला नुवाकोटका चर्चित निर्देशक,गायक तथा पत्रकार समेत रहेका होम धिताललाई मातृ शोक परेको छ ।नुवाकोट बेलकोट स्थायी घर भएका निर्देशक तथा कलाकार होम धितालको ममतामयी आमा बाला कुमारी धितालको ६८ बर्षको उमेरमा निधन भएको हो। आमा बालाकुमारी दम तथा उच्च रक्तचाप रोगबाट ग्रसीत हुनुहुन्थ्यो । लामो समय सम्म उपचार गरेपनि बचाउन नसकिएको परिवार श्रोतले बतायो । होम धिताल निर्देशक, कलाकार मात्र नभई धिताल फिल्मस्का प्रबन्ध निर्देशक पनि हुन् ।धिताल परिवार शोकमा डुबेकोले बैशाख २० गते सम्म अडियो, भिडियो सम्बन्धी कुनै पनि कार्य नहुने जानकारी रोसन धितालले द पावर न्युजलाई बताए। शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस हाम्रो तर्फबाट पनि हार्दिक समवेदना प्रकट गर्दछौ।

Spread the love