बन्द मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने

गोरखा : मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले कोरोना महामारीको त्रासका कारण बिगत नौ महिनादेखि बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको छ। भक्तजनलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, पश्चिमतर्फको झ्यालबाट देवीको दर्शन गराउने, पुजारीले पञ्जा र मास्कको प्रयोग गरी भक्तजनको पूजासामग्री ग्रहण गरी पूजा गर्ने लगायतका निर्णय भएको छ।   स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीयस्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो आइतबारबाट केवलकार चलाउने तयारी गरिएको छ।

Spread the love