नेपाल (टान)को कार्यसमितिको आगामी निर्वाचनका अध्यक्ष पदका दाबेदार खुमबहादुर सुवेदी

अपिल पत्र :
खुमबहादुर सुवेदी अध्यक्षको उम्मेदवार 

ट्रेकिङ व्यवसायी महानुभावहरु, हामी ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको ४१औँ वार्षिक साधारणसभा एवम् नयाँ कार्यसमिति निर्वाचन आगामी सेप्टेम्बर ६ का दिन सम्पन्न हुन गइरहेको कुरा यहाँहरू सबैमा अवगत नै छ । टानको इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने ऐना मात्र होइन, यसको सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यवसायिक हक, हित र सह–अस्तित्वका खातिर संगठननले परिलक्षित गरेका लक्षहरु हाँसिल गर्नका लागि नयाँ उत्साह र उमङ्गका पाइलाहरु उठान गर्ने महत्वपूर्ण शुभ मुहूर्त पनि हो, यो दिन । टानको विगत र वर्तमानलाई नियाँल्दा आगतमा एउटा सबल नेतृत्वको खाँचो टड्कारो रूपमा देखिएको छ । दूरदर्शिता र नीतिगत व्यावसायिक चिन्तनले मात्र टानको भविष्य उज्वल हुनसक्छ र यसको सौम्य इतिहासमा लागेका दागहरू मेट्न सकिन्छ भन्ने कुरा यहाँहरूले बझ्नु भएकै छ । यसर्थ, टानको गरिमालाई माथि उठाउन खोज्ने तपाईं सम्पूर्ण चेतनशील व्यवसायिक मनहरूले फेरि एक पटक गम्भिरतापूर्वक सोच्ने बेला आएको छ । वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्षको हैसियतमा मैले जे जति गर्न सकेँ, ती सबै यहाँहरू माँझ घामजस्तै छलङ्ग छ । हामी पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई आम व्यवसायीहरूको वास्तविक संस्था बनाउने लक्षका साथ यहाँहरू सामु उपस्थित भएको कुरा स्मरण गराउँदै म र मेरो टीमका लागि यहाँहरूको साथ, सहयोग र अमूल्य मतका लागि हार्दिक अपिल गर्दछु । यसै पृष्ठभूमिमा हामीले सामना गरिरहेका यावत् समस्याहरू समाधान गर्दै व्यावसायिक भविष्य सुनिश्चितताका लागि इमान्दार भई भूमिका निर्वाह गर्नसक्ने हैसियतमा भावी योजनाहरूका साथ यहाँहरू सामु उपस्थित हुने प्रतिबद्धतासमेत ब्यक्त गर्दछु ।


Spread the love