कपिलदेव खनाललाई नुवाकोट युवा सम्मान

भरतसन्तोषी,विदुर : नुवाकोट जेसिजले आफ्नो चौथो पदस्थापनाको अवसरमा नुवाकोटका पत्रकार कपिलदेव खनाललाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालका साथमा अर्का युवा ब्यबसायी पवन नेपाललाई पनि युवा सम्मान २०१७ प्रदान गरिएको हो । लामो समय सम्म नुवाकोटमा रहि स्थानिय नागरिकहरुलाई सुसुचित पार्नको लागी बिभिन्न सञ्चार माध्यममा कार्यरत रहनु भएका महासंघका अध्यक्ष कपिलदेव खनाललाई युवा सम्मान गरिएको छ। यस्तै, सुचना तथा सञ्चारकै क्षेत्रबाट बिभिन्न स्थान सम्म प्रबिधिलाई पुराएर ग्रामिण जागरण अभियानमा लाग्नु भएका पवन नेपाललाई पनि नुवाकोट जेसिजले सम्मान गरेको छ । नुवाकोट जेसिजको चौथो पद स्थापना कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडाले खनाल र नेपाललाई सम्मान गर्नु भएको थियो ।
Spread the love