इरान युद्धबाट पछि हट्याे – राष्ट्रपति ट्रम्प

ट्रम्पले आफ्नो सम्बोधन गर्दै अमेरिकी सैनिकको मृत्यृ नभएको पनि स्पष्ट पार्नुभएकाे छ । ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।’ राष्ट्रपति ट्रम्पले भन्नुभयाे ।

मिसाइल आक्रमणमा इरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । इरानी सैनिक कमान्डर सुलेमानी पहिले नै मारिनु पर्ने र अब इरान कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन चेतावनी समेत दिनुभयो ।


Spread the love