भारतको लकडाउन लम्बिन सक्छ – मुख्यमन्त्री

भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन् ा देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताएका छन् ।
उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको
बताएका छन् । उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए । अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए ।

“हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्,”भने । अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उनले स्पष्ट पारे । भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको छ । उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

Spread the love