गच्छदारसहित ७४ जनाविरुद्द १५ दिने म्याद जारी

विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ७४ जनाविरुद्ध १५ दिने म्याद जारी गरिएको छ । शुक्रवार अख्तियारले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । त्यस्तै अन्यमा पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायतलाई उपस्थितिका लागि म्याद जारी गरिएको मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा तथा शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, लगायत पनि रहेका छन् । १ देखि ४५ सम्मका व्यक्तिलाई र क्रम संख्या ११० देखि १४० सम्मका व्यक्तिलाई म्याद जारी गरिएको जनाएको छ ।

Spread the love