सिग्नेचर नक्कल गरी लाखौ रुपिया निकाल्ने ६ जना गिरोह पक्राउ

nepal-police-install-missing-person-desk-600x0


काठमाडौ : जनता वैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खातावाट पटक पटक गरि रु १९ लाख ९९ हजार रुपियाँ निकालेको सुचना पाएपछि परिसर काठमाडौको विशेष टोलीले काभ्रेपलान्चोक पाँचखाल न।पा।वडा नं।३ घर भई जिल्ला काठमाण्डौ का।म।न।पा।वडा नं।१३ कालीमाटी बस्ने बर्ष १९ को सुभाष श्रेष्ठ , बर्ष १९ को कुमार तामाङ्ग, बर्ष १८ को मनिष घिमिरे, बर्ष २१ को अन्जन बराल, बुद्धनगर बस्ने बर्ष २५ को सुमन पौडेल, काठमाण्डौ का।म।न।पा।वडा नं।३२ सुबिधानगर बस्ने बर्ष ३० को गोबिन्द घिमिरे लाई सोहि दिन विभिन्न स्थानवाट १८ लाख ५० हजार नगद , विभिन्न वैंकहरुका ठुलो परिमाणमा चेकवुक, खाता खोल्न तयार रहेका फर्महरु सहित पक्राउ गरि पाटन उच्च अदालतवाट थपी थप अनुसन्धान भईरहेको जानकारी दिएको छ । निज पिडितको खातावाट पैसा निकाल्न पुन चेक वोकि एक जना व्यक्ति जनता वैंक न्युरोड शाखामा आएको सुचना प्राप्त हुनासाथ निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा निम्न व्यक्तिहरुलाई, NIC वैंकको वैंकको VISA CARD, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरु वरामत भएको छ ।

Spread the love