न्युक्लियर बम परिक्षण गर्दा भुकम्पले हल्लायो

uttar koriya nad north koriya

२०७३ भाद्र २४:    संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएको प्रतिबन्द्धका बाबजुत उत्तरले पछिल्लो महिना ब्यालेष्टिक मिसाईलको श्रृखलाबद्ध परिक्षण गर्दै  गर्दा भुकम्प गएको छ । उत्तर कोरियाले शक्तिशाली न्युक्लियर बमको पाँचौ पटक सफलतापुर्बक परिक्षण गरेको हो । स्थानीय समयानुसार आज बिहान सो बमको सफल परिक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योङहापले जनाएको छ ।  सो क्रममा ५ दशमलब ३ म्याग्नीच्युटको भुकम्प गएको थियो । उत्तर कोरियाले आज आफ्नो स्वतन्त्रता दिवस मनाउदैछ । सो परिक्षणको उत्तरले भने औपचारिक पुष्टि गरेको छैन ।  यद्यपी प्युनगेई री साईटको सेटेलाईटले उत्तर कोरियाले न्युक्लियर बमको परिक्षण गरेको तस्विर सार्बजनिक गरेको छ । केही अधिकारीहरुले भने आफ्नो स्बतन्त्रता दिबस मनाउने क्रममा उत्तरले सो परिक्षण गरेको बताएका छन् ।

Spread the love