टर्कीमा शक्तिशाली भूकम्प

टर्कीको  गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको छ। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो।बीबीसी टर्कीस संवाददाताका अनुसार दियारबाकरमा एउटा सपिङ मल भत्किएको छ।टर्कीका भूगर्वविदहरूले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

Spread the love