डा. केसीको स्वास्थ्य जटिल बन्दै

काठमाडौँ — अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । डा. केसीको रगतमा ग्लुकोजको मात्रा धेरै कम छ भने ‘सिरम इलेक्ट्रोलाइट्स’ समेत गम्भीर रूपमा घटेको छ । उनी ६ बुँदे माग राखेर १७ दिनदेखि अनशनरत छन् । उपचारमा संलग्न मेडिकल टिमद्वारा जारी पछिल्लो स्वास्थ्य बुलेटिनअनुसार उनलाई धड्कन गडबड, छाती दुखाइ, थकाइ, चक्कर आउनेलगायतका समस्या देखिएको छ ।१८ पटकसम्मको सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयनकै माग डा. केसीले उठाएकाले ती सरकारकै अंगका रूपमा स्थापित भइसकेको संघले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा. केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा. केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थिए । नेपाल चिकित्सक संघले अनशनरत डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । संघले वार्ताका लागि सहजीकरण गर्न तयार रहेको जनाउँदै सरकारसँग वार्ता टोली गठन गर्न पनि माग गरेको छ ।

Spread the love