अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको

अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ।अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको अमेरिकी गुप्तचर निकाय एफबीआईको दाबी गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए।त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए।केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।

ट्रम्प प्रशासनको निर्णय अदालतले उल्टायो – ८ लाख आप्रवासीलाई संरक्षण

क्यालिफोर्निया र अन्यवादीहरुले डाका कार्यक्रम अन्त्य गर्नबाट राष्ट्रपति ट्रम्पलाई रोक्न अनुरोध गर्दै हालेको रिट निवेदनमाथि न्यायाधीश विलियम एल्सुपले यस्तो आदेश दिएका छन् । आप्रवासीहरुलाई देशनिकालाबाट जोगाउने  कार्यक्रम डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल अर्थात् डाका अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको छ ।  डाकाले बालबालिकाका रुपमा अवैध तरिकाले अमेरिका ल्याइएका वा परिवारसँग आएर भिसा अवधिभन्दा बढि बसेका ८ लाख युवालाई संरक्षण गरेको थियो । यो कार्यक्रमले हजारौं कलेज पढ्ने विद्यार्थीलाई समेत समेटेको थियो ।  डाका प्राप्त गर्नेहरुले उनीहरुको दुई वर्षे अवधिको बाँकी समय अमेरिकामा बस्न अनुमति पाउनेछन् । ६ महिनाभित्र स्ट्याटस अन्त्य हुन लागेकाहरुले पनि अर्को दुई वर्षे अवधिका लागि आवेदन दिन एक महिना समय पाउनेछन् ।SHREE-JAGANNATH-JEWELLERS-NEW-ROAD-KATHMANDU

डाकाको पक्षमा रहेका वकिलहरुले अदालतले कदम नचालेमा युवा आप्रवासीहरु गम्भीर र अपूरणीय हानीको शिकार हुन सक्ने सम्भावनालाई प्रष्टरुपमा व्यक्त गरेको एल्सुपले बताएका छन् । अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर २०१२ मा यो कार्यक्रम लागू गरेको भन्दै यसलाई फेज आउट गर्ने सेप्टेम्बरमा घोषणा गरेका थिए । यो घोषणा लगत्तै राष्ट्रव्यापी रुपमा मुद्दाको ओइरो लागेको थियो । एल्सुपले उत्तरी क्यालिफोर्नियामा दायर भएका पाँच वटा भिन्दाभिन्दै मुद्दामाथि निर्णय लिएका हुन्, जसमध्ये एउटा राज्यले र अर्को यूनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल सिस्टमको बोर्डले दायर गरेका थिए । एल्सुपले कार्यक्रम अन्त्य गर्नुअघि ट्रम्प प्रशासनले वृहद पुनरावलोकन गरेको थियो कि थिएन भन्ने प्रश्न पनि गरेका छन् ।