धनवीरलाई धनकै पिर

काठमाडौ ः दुई दशक देखी नेपाली संगित क्षेत्रमा सकृय गीतकार बि पाण्डेको शब्द रचनामा ‘धनवीर’ गीतको भिडियो रिलिज भएको छ। धनवीर लाई धनकै पिर गीतकार वि.पाण्डेको भिडियो रिलिज भएको छ। गीतमा गायक प्रमोद खरेल र अन्जु पन्तको आवाज रहेकोछ। सुभाष भुसालको संगीत, उदयराज पौडेलको संगीत सम्योजन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, दुर्गेश थापा प्रमिला क्षेत्री,महादेब त्रिपाठीले अभिनय गरेका छन् । त्यस्तै, सहायक कलाकारका रुपमा प्रज्वल जंग कार्की , अनिशा खड्गी, निरुता खड्का ,मनोज ओली,सोनिका शाहीको अभिनय भिडीयोमा देख्न सकिन्छ। रमेश शाहीको नगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन ,सम्पादन गरेकाछन् । भिडियोमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ । गीतकार बि पाँण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शंका नगर लगायत हिट गीत स्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्।

Spread the love