प्रश्नपत्र बाहिरिएको समाचार लेख्ने पत्रकारलाई पाँच घण्टा केरकार

राजविराज : प्रदेश २ मा एसईईको विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र सञ्जालमार्फत बाहिरिएको आशंका प्रहरीले गरेको छ।
पत्रकार महतोले बिहीबार राति सामाजिकको प्रश्नपत्र फेला पारेर समाचार लेखेका थिए। शुक्रबार बिहानदेखि प्रशासनिक निकायबाट आएको फोनले तनावमा परेको, शनिबार जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रहरीले झन्डै पाँच घण्टा केरकार गर्‍यो‘प्रहरीले एउटै कुरा पटक-पटक सोधेर मानसिक तनाव दिएको छ।
लगातार प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका परीक्षा स्थगन गरेको छ। यसले गर्दा प्रदेशका ७० हजार ५ सय ६८ परीक्षार्थी प्रभावित भएका छन्। प्रदेश प्रहरी र सीआईबीको संयुक्त टोलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रोफाइल ‘सर्च’ गरिरहेको छ। ‘प्रश्नपत्र पोस्ट र सेयर गरेकाहरूको प्रोफाइल एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई सेयर गरेर प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल छ।

जितपुरमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भाग्दै विद्यार्थी।  तस्बिर :  दिवाकर भण्डारी

Spread the love