६ सय ३० जनाको कोरोना परीक्षण – सबैको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा गरिएका परीक्षणको नतिजा साकारात्मक आएको छ।
‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार पाँच सय २४ टेष्ट भएका छन् ।   मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार २४ घण्टामा  ६ सय ३० जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७,  कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ।  शुक्रबारबाट प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर मेसिनबाट नमुना परीक्षण सुरु भएको छ। यो सँगै कोरोना परीक्षण उपत्यकासहित ११ स्थानमा सुरु भएको छ। नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्।

Spread the love