चितवन राष्ट्रिय निकुञ्जमा १३ वर्षमा २३३ गैँडा

चितवन : विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ । चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरी शिकार नियन्त्रणजस्तै भएको छ । नेपालमा गैंडा संरक्षणको पहिलो प्रयास २०१८ सालमा भएको हो । त्यतिबेला ‘गैंडा गस्ती’ का रूपमा संरक्षित क्षेत्र स्थापना गरिएको थियो भने २०३० सालमा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन निकुञ्ज स्थापना भएको थियो । २०३२ सालदेखि निकुञ्ज संरक्षणको जिम्मेवारी सेनाले पाएको छ । निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृतले बताउँछन् । उनका अनुसार सन् २००४ मा चितवन निकुञ्जमा ३ सय ७२ वटा एकसिंगे गैंडा थिए । अहिले यसको संख्या ६ सय ५ पुगेको छ।‘यहाँ को पहिचान भनेकै गैंडा हो । गैंडा बचेन भने हामीले अन्तर्राष्ट्रिय सहयोग पाउँदैनौं,’ भने, ‘हामीले गैंडा संरक्षणका लागि मध्यवर्ती क्षेत्रका जनतासँग मिलेर काम गरेका छ । स्थानीय समुदायको सहयोगले नै गैंडा जोगिएको छ ।’
२००७ सालतिर यहाँ ८ सय हाराहारी गैंडा रहेको अनुमान छ । त्यो संख्या २०२० सम्म आइपुग्दा सयमा झरेको निकुञ्जका सहायक संरक्षणले बताए । गैंडा चोरी शिकारको आरोपमा अहिलेसम्म १ सय ४० जान जेलमा छन् । सय जनाभन्दा बढी फरार रहेको निकुञ्जका रेन्जरले बताए । गैंडा शिकार गर्नेलाई ५ देखि १५ वर्ष जेल र ५ देखि १५ लाख जरिवाना हुने कानुनी व्यवस्था छ ।
Spread the love