नाराद्वारा १३औं ह्वाइटवाटर च्यालेन्जको तयारी तीब्र

नाराद्वारा १३औं ह्वाइटवाटर च्यालेन्जको तयारी तीब्र

काठमाडौं÷नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट (नारा) १३औं हिमालयन ह्वाइटवाटर च्यालेञ्जको तीब्र तयारी गरिरहेको छ । हरेक वर्ष आयोजना गरिँदै आएको उक्त प्रतियोगिता आगामी नोभेम्बर २८ देखि ३० ताखिरसम्म त्रिशूलीको फिस्लिङमा हुन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नाराका साथ हरेक वर्षको नोभेम्बरको अन्तिममा हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना गर्दै आएको छ । उक्त कार्यक्रमको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्नेछ भने टान, एनएमए तथा विदेशी संस्थाहरुको समेत सहयोग रहनेछ ।
चितवन फिस्लिङस्थित त्रिशूली नदीमा आयोजना हुने प्रतियोगितामा २० भन्दा बढी देशको सहभागि

The Preparition is Rapidily going on for nara for 13 th Challenges
The Preparition is Rapidily going on for nara for 13 th Challenges
ता रहने नाराले जनाएको छ । नाराका अध्यक्ष चन्द्र दाहालका अनुसार प्रतियोगितामा ‘¥याफ्टिङ’ र ‘कायाकिङ’ गरी दुईओटा ‘इभेण्ट’ समावेश गरिनेछ । ¥याफ्ट इभेण्टअन्तर्गत ६÷६ जनाको समूह बनाई प्रतियोगिता सञ्चालन हुनेछ । निश्चित बिन्दुबाट प्रस्थान गर्ने समूहमध्ये सबैभन्दा छिटो अन्तिम बिन्दुमा पुग्ने समूह विजेता हुनेछ । कायाकिङमा भने ‘कायाक फ्री–स्टाइल’, ‘कायाक डाउन रिभर रेस’, ‘स्लालम’ र ‘बोटर क्रस’ गरी चार प्रकारका प्रतियोगिता आयोजना हुनेछन् ।
उक्त प्रतियोगितामा भाग लिन स्वदेशीको लागि एकमुष्ट १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विदेशीको लागि प्रतिव्यक्ति २५ डलर तोकिएको छ । सो शुल्क बुझाएपछि ३ दिनको होटल, यातायात तथा लजिङफुडिङ निःशुल्क हुनेछ ।
प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने समूहका खेलाडीलाई जलयात्रामा प्रयोग हुने विभिन्न सामग्रीसँगै ट्रफी प्रदान गर्ने नाराको योजना छ । जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जल खेलाडीको दक्षता अभिवृद्धि सँगसँगै नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
हाल नेपालमा १६ वटा नदी ¥याफ्टिङ गर्नका लागि खुल्ला गरिएको छ । जसमध्ये त्रिशूली, भोटेकोशी, कालीगण्डकी, सेती खोला प्रमुख छन् ।

बसन्तपुर विश्वसम्पदा सूचिबाट हट्ने खतरामा

काठमाडौं÷राजधानीमा मुख्य पर्यटकीय स्थलमध्ये बसन्तपुर दरबारस्क्वायर क्षेत्रको सौन्दर्यमा ह्रास आउने क्रम जारी रहेको छ । अतिक्रमण, अव्यवस्थित सहरीकरण र राजनीतिक दल एवं सर्वसाधारणमा चेतनाको अभावले गर्दा सन् १९७९मा युनेस्कोले विश्वसम्पदामा सूचीकृत बसन्तपुरको सौन्दर्यमा दिनानुदिन ह्रास आइरहेको हो ।
बसन्तपुर क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकाअन्तर्गत हनुमानढोका संग्रहालय विकास समितिलाई दिइएको छ । समितिले बसन्तपुर दरबार क्षेत्र प्रवेश र अवलोकनका लागि प्रतिपर्यटकबाट सात सय ५० रुपैयाँ लिन्छ । तर पर्यटकले तिरेको मूल्य बराबरको सेवा, सुविधा र वातावरण अनुभूत गराउन नसकेको जनगुनासो आउने गरेको छ । त्यसैले उसको कारणले गर्दा पनि यस क्षेत्रमा थप समस्या उत्पन्न भइरहेको छ ।
अनियन्त्रित भीडभाड, अव्यवस्थित फुटपाथ पसल, सवारी आगमन र जथाभावी सवारी पार्किङका कारण बसन्तपुर दरबार क्षेत्रको सौन्दर्यमा आँच आइरहेको छ ।
पानी पर्दा सामान्य ओत लाग्ने र घाम लाग्दा शीतल महसुस गर्ने स्थाल छैन भने सार्वजनिक शौचालयको पर्याप्त प्रबन्ध नहुनु र फोहोर फाल्ने क्षेत्रसमेत नभएको हुनाले बसन्तपुर थप कुरुप बनेको छ । सडक बालबालिकाको अखडा र पर्यटकलाई जबर्जस्ती सामान भिराउने घुमन्ते व्यापारीको व्यवहारबाट पनि पर्यटकले सास्त बेहोर्नुपरिरहेको छ ।
फुटपाथमा राखिएका पसलहरुका कारण पैदल यात्रा गर्नेहरुलाई अवरोध सिर्जना गरेको छ । यस्तै ठाउँठाउँमा खोलिएका क्युरियो पसल र त्यहाँका व्यपारीले पर्यटकलाई अनावश्यक हैरान पार्ने गरेका छन् । बसन्तपुरको सौन्दर्य हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरुका लागि माग्नेहरुसँग उम्किन पाउनु एउटा चुनौतीकै रुपमा खडा भइदिन्छ । साँघुरो सडक र त्यसमा अव्यवस्थित ढंगले रोकिएका सवारीसाधनले बसन्तपुरलाई झन् ठेलमठेल बनाएको छ । अव्यवस्थित ढंगले रोक्नेमा निजी क्षेत्रका साथै सरकारी नम्बर प्लेटका गाडीको संख्या अत्यधिक हुने गरेको छ ।
यस्तै अवस्था रहिरहने हो भने कुनैपनि बेला बसन्तपुर दरबारस्क्वायर क्षेत्र विश्वसम्पदा सूचीबाट हट्न सक्ने खतरासमेत बढेर गएको छ ।
अत्यधिक भीडभाडका कारण वातावरण खलबलिएको भन्दै युनेस्कोले सन् २००३ मा काठमाडौंका अन्य सात स्मारकसँगै बसन्तपुर दरबार क्षेत्रलाई समेत खतराको सूचीमा राखेको थियो । बसन्तपुर क्षेत्रलाई सुधार गर्ने सरकारको प्रतिबद्धता र सुधारका केही कार्यक्रम ल्याएपछि सन् २००७ मा भने युनेस्कोले बसन्तपुर दरबार क्षेत्रलाई खतराको सूचीबाट हटाएको थियो । तर, त्यसबेला गरिएका प्रतिबद्धताहरु भने अझै पूरा हुनसकेका छैनन् ।
विश्वसम्पदामा सूचीकृत भएपछि केही प्रावधानहरु स्वीकार गर्नुपर्ने हुन्छ । सम्पदामा सूचीकृत स्थलमा सभासम्मेलन गर्न नपाइने प्रावधान छ । यसैगरी सवारी प्रवेश निषेध, टेलिफोन र बिजुलीका तार जमिनमुनिबाट लग्नुपर्ने, संरचना मर्मतसम्भारका नाममा आधुनिक बनाइन नपाइने, वातावरण खल्बलाउने कुनै पनि गतिविधि गर्न नपाइने युनेस्कोको प्रावधान रहेको छ । तर, पुरातत्व विभागले यसो बताइरहँदा पनि महानगरपालिकाले वास्ता गरेको देखिँदैन । बसन्तपुर दरबार क्षेत्रमा अनियन्त्रित भीडभाडका बीचमै सधैं कुनै न कुनै नाममा सभासमारोह भइरहेका छन् । ठूलो स्वरमा संगीत बजाइन्छ, राजनीतिक दलले आयोजना गर्ने विभिन्न कार्यक्रममा लाउड स्पीकर र शक्तिशाली साउन्ड सिस्टम प्रयोग गरिन्छ । यति मात्रै होइन कतिपय राजनीतिक दलले आफ्नो राँके जुलसको उद्गम वा समापनको थलो नै बनाउने गरेका छन् बसन्तपुर दरबार क्षेत्रलाई ।
बसन्तपुरका मन्दिर तथा ऐतिहासिक सम्पदा सबैको चासोको विषय बन्ने गरेको छ । समयसँगै यी संरचनाहरु जीर्ण बन्दै गएका छन् । तर, वर्षेनी करोडौं रुपैयाँ राजस्व संकलन हुने यस क्षेत्रको मर्मत र सम्भारका लागि कुनै पनि निकाय गम्भीर भएको देखिँदैन । सधैंको भीडभाड र मर्मतसम्भारको अभावको कारण खतरा बढ्दै गएको स्वयं हनुमानढोका संग्रहालय प्रमुख बताउँछन् ।
यस क्षेत्रमा रहेका प्राचिन मठमन्दिर, दरबार र संग्रहालयलगायतका ऐतिहासिक सम्पदाले वर्षेनी लाखौं पर्यटकलाई आकर्षित गरेको छ । दरबार क्षेत्रको सौन्दर्य र त्यहाँका घर, मठमन्दिर एवं देवलहरुमा कुँदिएका कलाकृति इतिहासकै पानाझैं रहेका छन् । दरबार क्षेत्रको सौन्दर्य, जीवित कुमारीको दर्शन गर्ने होस् या काठमाडांैको इतिहास जान्न खोज्नेहरु नै किन नहोस्, यहाँ ठूलो भीड हुन गर्दछ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको बसन्तपुर दरबार क्षेत्रमा १२ देखि १८औं शताब्दीमा निर्माण गरिएका हिन्दू र बौद्धधर्मसँग सम्बन्धित धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरु छन् । यहाँ मल्ल र शाहवंशीय राजाले बनाएका दरबारसँगै दर्जनौं मठमन्दिर छन् । लामो समयसम्म राजा महाराजाको बसोबास रहेकाले यस क्षेत्रमा थुपै्र दरबार, मठमन्दिरलगायतका ऐतिहासिक महत्वपूर्ण सम्पदा रहेको पाइन्छ ।

मुख्य पर्यटकीय ठमेल सार्क सम्मेलनलाई गिज्याउँदैछ

आसन्न सार्क शिखर सम्मेलनको अवसरमा राजधानीलाई रमझम बनाउने काम तिब्र भइरहेका बेला काठमाडौं मुख्य पर्यटकीय क्षेत्र ठमेल भने कुरुप बन्न थालेको छ । तेस्रो मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकमध्ये करिव ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । पर्यटकहरुको जमघट हुने ठमेल अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिलाउने ठाउँ हो । तर, कुरुप बन्दै गइरहेको ठमेलले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा कस्तो पुर्‍याउला ? ठमेल पुग्ने पर्यटकले बाटोमा छरिएका तार, भत्केको सडक र अव्यवस्थित होर्डिङ बोर्डभन्दा बढी केही देख्न पाउँदैनन् । Themel