दसैँतिहार सुरक्षा योजना : दसैँमा ढुक्क भएर घर जानुहोस्

nepal-police-install-missing-person-desk-600x0

दसैँतिहार सुरक्षा योजना : दसैँमा ढुक्क भएर घर जानुहोस्

काठमाडौँ : सुरक्षाकर्मीको प्रभावकारी परिचालन महानगरीय प्रहरी परिसर काठमाडौँले
शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताएको छ । विशेषगरी दसैँ, तिहार र छठपर्वमा प्रहरीले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ । अपहरण, ठगी, चोरी, महिला हिंसालगायत घटनालाई घट्न नदिन  सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही र शीघ्र सेवा, सहज मिलाई आम जनसमुदायमा भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने  एसएसपी सुवेदीले जनाएको छन् ।

टेक्सासमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । बन्दुकधारीले पश्चीम टेक्सासमा गोली चलाएको जनाइएको छ ।
घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

गाईमारा पापी अर्धमीहरु

दिपक न्यौपाने, काठमाडौ ः नेपाली समाजमा हिन्दु बाहुल्यता बढि छ , दुध आउन्जेल गाई गोठ बुढो भएपछि भीरको खोचमा फाल्ने पापीहरु बढ्दै छन् । नेपालमा गाईको मासुखान प्रतिबन्ध भएकोले गाईको मासु खान नपाएको रीसको झोकमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मारेर फालेका छन् । नेपालीहरु गाईलाई लक्ष्मीको प्रतिक मान्ने गर्दछन् । तर आज भोली अलिक मानसिक पाप कर्म बढदै गाई लाई कुदृष्टी बाट हेर्न थालेका छन् । कोही पशु हिश्र्रकहरुले र दिन प्रतिदिन गौ हत्या बढिरेहो बेला एउटा गाईलाई दुध अउन्जेल दुध खाने तर दुध आउन छाडेपछि गाई लाई बि बाटो मा कि भीरमा खसाल्ने पाप कर्मले गौहत्या बढिरहेको छ । दैलेखको शीरस्थानमा लैजाने क्रममा बिहीबार राति बीच बाटोमै ट्रकबाट खसालिएको बताइएपनि घटनाक्रम भने अर्कै रहेको खुलेको छ ।


किसानले दुहुञ्जेल गोठमा राख्ने र थाकेपछि सडकमा छाड्ने प्रवृत्ति बढेको देखिएको छ। यस्ता गाईले सडक कब्जा गरेका छन्। रूपन्देहीको तिलोत्तमा र देवदहमा ससाना गौशालाबाहेक छाडा पशु राख्ने स्थान छैन। ती स्थानमा पनि दुई–अढाई सय पशु मात्रै अटाएका छन्। तिलोत्तमामा रहेको गौशालामा राखिएका गाई, गोरु केही महिनाअघि मरेपछि विरोधसमेत भएको थियो।

पुडासैनीलाई न्याय दिलाउनुपर्ने माग गर्दै चितवनमा प्रदर्शन

 
चितवन : पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनमा प्रदर्शन निकालेका छन् ।    पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको थियो। र हिजै अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

स्थानीय दुई जनाको मृत्यु भएपछि स्थानीयले डोजरमा आगो लगाए

धादिङ : धादिङको दरिङगाल खोलामा बालुवा तस्करले खाल्डो बनाएकोले खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन्। गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको छ। गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ।

बालुवा तस्करले राती खोलाबाट बालुवा निकाल्दा खाल्डो बनेको त्यो खाल्डोमा पानी भरिएकोले दोषीलाई कारबाहीको माग गरेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको जनाएको छ। स्रोत : सेतोपाटी

त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु

धादिङ : सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धविच्छेदको मुद्दागर्नेमा पुरुष बढे !

चितवन : जिल्ला अदालत चितवनका अनुसार देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा पछिल्लो समय सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुषको संख्या बढ्दै गएको छ । ८४५ वटा सम्बन्धविच्छेदका मुद्दामध्ये २७९ वटा पुरुषले गराएका छन् । भदौबाट लागू भएको नयाँ मुलुकीसंहिता बमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको संख्या बढ्न थालेको छ ।

नक्कली सि.आई.बि को डि एस पि भन्ने ब्यक्ति पक्राउ

महानगरीय प्रहरी परिसर, काठमाडौं ः नेपाल प्रहरीको डि.एस.पि हुँ भनि ठगी गर्दै हिड्ने जिल्ला धादिङ धुनिबेसी न.पा. बडा नं २ घर हुने बर्ष ३८ को राजेन्द्र प्रसाद लुईटेल पक्राउ परेका छन् । २०७६।०३।२५ गते महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरी आबश्यक अनुसन्धान सुरु गरीएको छ । राजेन्द्र प्रसाद लुईटेल सशस्त्र प्रहरीको भगौडा प्रहरी भनि बुझिएको छ । चन्द्रागिरी न.पा वडा नं ३ बस्ने बस्ने बिजय तामाङलाई म सि.आ.ई बि मा कार्यरत प्रहरीको डि.एस.पि हुँ मेरो सेक्युरीटी कम्पनी रहेको छ । सेक्युरीटी कम्पनी रहेको र सो कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न रु १६०,०००।( पर्छ भनि पटक पटक भेट तथा फोन समेत गरी रकम माग गर्दै गरेका बताइएको छ । घटनाका पिडितले रु १०,०००।( दिई सकेको र अन्य रकम माग गर्दै गरेको अबस्थामा पक्राउ गरीएको र निजको साथ बाट रेडियो सेट थान १, सो को चार्जर थान १ र नगद रु १०,०००।( सहित बरामद गरी ठगी मुद्धामा मनप्र वृत्तय थानकोटवाट अनुसन्धान भईरहेको छ ।

us Dollor

Economist explains Social Security retirement to pay age 62

A new study finds 96% of retirees choose the wrong year to claim Social Security. And money management firm United Income estimates they could miss out on a collective $3.4 trillion in benefits because of it.
Retirement planning pitfalls are also a concern for Gen Xers. A study by the Employee Benefit Research Institute refers to this demographic as the “sandwich generation,” because many are paying for their kids’ expenses while caring for their parents at the same time. “Most people continue to get into Social Security at the early retirement age of 62. And there are clear benefits to waiting. You get a higher benefit each month you defer and for most people the combination of that higher benefit and the additional earnings they get as they continue to work really pushes them into a much more secure position in retirement,” Douglas Holtz-Eakin, American Action Forum President, tells Yahoo
We will permanently have more older people relative to young, working-age individuals. If we don’t change the way these systems work — those younger workers will have simultaneously the care of their parents and their own retirement to pay for,” Holtz-Eakin said. Source : Yahoo.com

प्रेस स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो हुदैनः पूर्व राष्ट्रपति रामवरण यादव


पाल्पा, १४ असार
: पाल्पामा शुरु भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै पुर्व राष्ट्रपति यादवले प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरुको धर्म भएको भन्दै
प्रेस स्वतन्त्रता विनाको लोकतन्त्र सफल नहुने बताउनुभयो ।

देशभरका ७७ जिल्लाबाट करीब १ सय ५० जना दलित पत्रकारहरुको सहभागिता रहेको प्रेस स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो नहुने कुरा व्यत्त गर्नु भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरुको धर्म भएको भन्दै लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै विषय भएको बताउनुभएको छ ।
संविधानमा जातीय छुवाछुत र भेदभाव अन्त्य भएको बताईरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले यो सम्मेलनबाट भेदभाव अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईएको छ ।