गाईमारा पापी अर्धमीहरु

दिपक न्यौपाने, काठमाडौ ः नेपाली समाजमा हिन्दु बाहुल्यता बढि छ , दुध आउन्जेल गाई गोठ बुढो भएपछि भीरको खोचमा फाल्ने पापीहरु बढ्दै छन् । नेपालमा गाईको मासुखान प्रतिबन्ध भएकोले गाईको मासु खान नपाएको रीसको झोकमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मारेर फालेका छन् । नेपालीहरु गाईलाई लक्ष्मीको प्रतिक मान्ने गर्दछन् । तर आज भोली अलिक मानसिक पाप कर्म बढदै गाई लाई कुदृष्टी बाट हेर्न थालेका छन् । कोही पशु हिश्र्रकहरुले र दिन प्रतिदिन गौ हत्या बढिरेहो बेला एउटा गाईलाई दुध अउन्जेल दुध खाने तर दुध आउन छाडेपछि गाई लाई बि बाटो मा कि भीरमा खसाल्ने पाप कर्मले गौहत्या बढिरहेको छ । दैलेखको शीरस्थानमा लैजाने क्रममा बिहीबार राति बीच बाटोमै ट्रकबाट खसालिएको बताइएपनि घटनाक्रम भने अर्कै रहेको खुलेको छ ।


किसानले दुहुञ्जेल गोठमा राख्ने र थाकेपछि सडकमा छाड्ने प्रवृत्ति बढेको देखिएको छ। यस्ता गाईले सडक कब्जा गरेका छन्। रूपन्देहीको तिलोत्तमा र देवदहमा ससाना गौशालाबाहेक छाडा पशु राख्ने स्थान छैन। ती स्थानमा पनि दुई–अढाई सय पशु मात्रै अटाएका छन्। तिलोत्तमामा रहेको गौशालामा राखिएका गाई, गोरु केही महिनाअघि मरेपछि विरोधसमेत भएको थियो।

Spread the love