एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा

८ साउन, विर्तामोड : झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । बिहान बगानमा काम गर्नेले शव देखे पछि प्रहरीलाई खबर गरिएको थियो ।   गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

 जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।

Iran train crash – 21 passengers killed, over 50 injured

A train from Mashhad to Yazd, carrying 348 passengers and crew, has derailed in eastern Iran, about 50 kilometers (31 miles) from the desert city of Tabas, near Mazino station, today. According to Iranian Red Crescent, at least 21 people have lost their lives and more than 50 were seriously hurt in the crash. Some of the injured train passengers were in critical condition. Six out of 11 train’s cars were seriously damaged in derailment.

Ten ambulances and three helicopters were dispatched to the crash scene along with dozens of rescuers. Islamic Republic of Iran Railways issued a statement that said that the derailment happened when the train collided with an excavator. According to the Governor of Tabas, rescue workers are still searching all train cars for injured or dead passengers.

 

 

रुपन्देही बस दुर्घटना ९ जनाको मृत्यु

भैरहवा : रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।  घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो। बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको छ।

 

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

कोभिड महामारीको असरबाट अझै मुक्त हुनु भएको छैन भने एउटा नयाँ भाइरसको चर्चा सुरु हुँदा दिक्क लाग्ने अवस्था भएको छ।

यो पटकको भाइरस भने मङ्कीपक्स हो र १४ देशमा यसका ८० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। यो भाइरस यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको थियो। कोभिड महामारी लगत्तै अर्को महामारीको डर बढेको  छ । भने एउटा कुरामा स्पष्ट हुन सकिन्छ: मङ्कीपक्स अर्को कोभिड होइन र यसलाई रोक्न लकडाउन जस्तो प्रतिबन्धात्मक व्यवस्था गर्नु पर्दैन। तर थाहा पाउने पर्ने कुरा के हो भने यो भाइरस यो पटक असामान्य रूपमा देखा परेको छ जसले यो रोगका बारेमा अध्ययन गरिरहेका वैज्ञानिकहरू समेत चकित परेका छन्।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्: मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट थियो ।  पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।

देशभर पछिल्लो २४ धन्टामा ३२ जना कोरोना संक्रमित

काठमाडौं : देशभर पछिल्लो २४ धन्टामा ३२ जना कोरोना संक्रमित भएका छन्। देशभर पछिल्लो २४ धन्टामा ३ हजार ९४ जनामा कोरोना परिक्षण गर्दा ३२ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ धन्टामा ९३ हजार ५ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालदेशभर २ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

 

 

जुम्लामा आगलागी चारको मृत्यु

जुम्लाको तिला गाउँपालिकाका–३  कुडारी सार्की वाडामा राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानएको छ ।  आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।  घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डब्लूएचओका महानिर्देशक तीनदिने नेपालमा भ्रमण

काठमाडौं, वैशाख ८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ।

 

honey

मह खादाको फाइदा

मह हाम्रो शरीरको  लागि निकै फाइदा जनक चीज हाे । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन ।

महको फाइदा यस्तो छ

– खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको हुन्छ ।
– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी       लाग्ने क्रम तत्काल घट्न जान्छ ।

– रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।
–आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।
– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठिक हुँदै जान्छ ।
– दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ।

– महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।
– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।
– अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।
– नियमित दाह्री काट्दा छाला खस्रो भएको अथवा दाग देखापरेको छ भने दाह्री काटेपछि त्यस्तो ठाउँमा मह दलेर १५ मिनेटपछि पखाल्ने गर्नुपर्छ ।
– सातामा एक पटक नरिवलको तेलमा मह बराबर मात्रामा मिसाई कपालको जरासम्म पुग्ने गरी मसाज गरी २० मिनेटपछि कपाल धुने गर्नाले कपाल चम्किलो बन्छ ।

– शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।
– जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईँलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।
– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।
– हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।
– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।
– गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।
– आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म सर्न सक्छ?

ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।

खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।  युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ। यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।  दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्। सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।

इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो। विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।  शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ। इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।  बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो।

अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो। यहाँ हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन्। यी स्कुलहरुबाट गरिब परिवारका सन्ततीले समेत शिक्षा पाइरहेका छन् । शिक्षकको घृणित कार्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्नसमेत उठाएका छन्।