नेपाल पेट्रोलियम पदार्थ पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

नेपाल पेट्रोलियम पदार्थ पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ। दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो। चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ। त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेका अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन। हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्‍याउने भन्ने विषयको निर्क्योल गर्नेछ।

खानी

तस्बिर : नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियो ।

उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्‍याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ। ”दैलेखसम्म पुर्‍याउनका लागि बाटो अनि पुलको अवस्था के कस्तो छ भन्ने कुरा उनीहरूले हेर्छन्,” रजौरेले भने।

  दैलेखमा इन्धन अन्वेषणका लागि ‘तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छ’। नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ। ”जहाँ अहिले ज्वाला बलिरहेको छ त्यसको आसपासमा छन् ती तीनै ठाउँहरू,” रजौरेले भने।

पानीमा तैरिएको कच्चा तेल।

ज्वालामाई
वर्षौँ देखि ग्यास बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ।  हालसम्म उक्त स्थानमा सतहमा साईज्मिक सर्वेक्षण र म्याग्नेटो टेलोरिक सर्वेक्षण गरिसकिएको छ जसमा आधारित रहेर सम्भावित ठाउँहरू चयन गरिएको हो।
अध्ययनको क्रममा चिनियाँ टोली।

 हाल छनोट गरिएका तीनमध्ये कुन स्थानमा पहिले ड्रिलिङ गर्ने भन्ने कुरा चिनियाँ टोलीले यकिन गरेपछि जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। उक्त दायित्व नेपाल सरकारको हो।  सामान्य अवस्थामा काम अगाडि बढे दशैँ लगत्तै ड्रिलिङ कार्य सुरु हुन सकिने अवस्था छ।

अन्वेषण स्थल खोलाको बगरमा रहेको र त्यहाँ आसपासमा बाक्लो बस्ती नरहेकाले जग्गा प्राप्तिमा धेरै समस्या नहुने बुझाइ  छ।

चुप्रा, दैलेखचिनियाँ अधिकारीहरूले तीन वटा चरणमा हालको अध्ययन सम्पन्न हुने गरी कार्य अघि बढाएका छन्। हालसम्म सुरुवाती चरणको काम उनीहरूले सम्पन्न गरिसकेका छन्। त्यसको निचोडमा आधारित रहेर हाल ड्रिलिङ सुरु गर्ने तयारी अघि बढाइएको हो। ड्रिलिङको कार्य सम्पन्न पछि निश्चित स्थानमा कति परिमाणमा इन्धन हुनसक्छ भन्ने कुरा यकिन हुने बताइएको छ।

विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ। नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ। विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो।   नेपालमा पेट्रोलियम पदार्थको खोजी. अन्वेषण गरिएका खण्ड र तिनको क्षेत्रफल. .

Presentational grey line
electricity

बर्खायाम लागेसँगै ८ देखि १० करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

विगतमा १८ घण्टासम्म लोडशेडिङको मार खेपेको नेपालले हाल ‘दैनिक ८ देखि १० करोड रुपैयाँ बराबरको ऊर्जा  छिमेकी भारतलाई बेचिरहेको’ ऊर्जा मन्त्रीले जानकारी दिएको छ। नेपालले भारतलाई झन्डै ३६४ मेगावाट सम्म विद्युत् विक्री गर्न पाउने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्। नेपाल विद्युत् प्राधिकरणले झन्डै एक महिना अघि देखि भारतमा बिजुली निर्यात गर्न थालेको हो।बर्खायाम लागेसँगै ‘रन अफ द रिभर’ अर्थात् नदीको बहावमा आधारित आयोजनामा निर्भर नेपालले विगतका तुलनामा ठूलो परिमाणमा विद्युत् निर्यात गरिरहेको अधिकारीहरूले बताएका छन्।

नेपालले हाल भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ। बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट विद्युत् कारोबार गरिरहेको छ।

नेपालले हाल औसतमा प्रति युनिट ११ रुपैयाँ ३८ पैसामा भारतलाई विद्युत् बेचिरहेको छ।ऊर्जा बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा बिक्री मूल्य प्रत्येक दिन फरक हुन्छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालले हाल ५,८०० देखि ८,४०० मेगावाट प्रतिघण्टासम्म बिजुली भारतलाई बेचिरहेको छ।

नेपालमा पछिल्लो समय  विद्युत् खपत झन्डै २० प्रतिशतले बढेको छ। प्राधिकरणका अनुसार खपत बढ्नुका दुई मुख्य कारण छन्।

पहिलो हो घरघरमा हुने खपत बढदै जानु। एअर कन्डिसनर, पङ्खादेखि विद्युतीय चुलोको देशका विभिन्न स्थानमा बढ्दो प्रयोगले घरेलु माग थपिएको छ। युक्रेनमाथि रुसले आक्रमण गरेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा पनि विद्युत् खपतमा सकारात्मक प्रभाव पारेको बताइएको छ। अर्को पाटो हो औद्योगिक माग। भट्टराईका अनुसार पछिल्लो एक वर्षमा उद्योगहरूमा ३०० देखि ४०० मेगावाट माग बढेको छ।

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं : आज १९ औं राष्ट्रिय धान दिवस  मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

 

 

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ

 

राष्ट्रिय गीतकार सम्मान २०७९ बाट बि पाण्डे सम्मानित

काठमाडौं : लाइफ टाइम अचिभमेण्ट अमरबिरही गुरुङ लाइ दोस्रो रास्ट्रिय ब्रान्ड म्युजिक अवार्ड रास्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ। ब्राण्डरूट इन्टरटेनमेण्ट प्रालिका कानुनी सल्लाहकार तथा गीतकार शशि शर्मा मजगैयाँको सभापतित्वमा काठमाडौंमा प्रालिले आयोजना गरेको अवार्ड कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै सभापति मजगैयाँले कलाकारको बौद्धिक सम्पत्ति र रोयल्टीको संरक्षणका लागि सरकार पनि जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।सङ्गीत रोयल्टी संकलन समाज नेपालका निवर्तमान कोषाध्यक्ष समेत रहेका गीतकार मजगैयाँले रोयल्टी संकलन हुने सबै क्षेत्रहरुबाट रोयल्टी जम्मा हुन सके कुनै पनि कलाकार भोकभोकै हुननपर्ने भन्दै रोयल्टीको सुनिस्चितताका लागि मन्त्री मार्फत सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै सङ्गीत र सस्कृती हाम्रो परिचयको मुख्य आधार स्तम्भ भएकालेे यसको संरक्षण र कलाकारको बौद्धिक सम्पत्तिको सुरक्षा हुनुपर्नेमा आफू पुर्ण जानकार र जिम्मेवार भएको मन्त्री पौडेलले बताए । यस्ता खालका कार्यक्रमले मनोरञ्जन दिने मात्र नभई सस्कृती र कलाको समेत प्रवर्द्धन गर्ने उनको भनाइ थियो । कार्यक्रममा सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी , कोषाध्यक्ष वसन्त सापकोटा,डिजीटल प्रविधिबाट राजेन्द्र अर्याल, ब्रान्डरुट इन्टरटेनमेण्ट प्रालिका संरक्षक बलिभद्र राना, रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष गायक चन्द्र शर्मा,गायक बद्रि पंगेनी र समाजसेवी सरु सुनार अतिथि रहेका थिए। कार्यक्रममा लाइफ टाइम अचिभमेण्टमा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ गायक अमरबिरही गुरुङ, राष्ट्रिय गीतकार सम्मान २०७९ बाट बि पाण्डे दशकका श्रष्टाबाट करण न्यौपाने, दशकका मोडलबाट सनम कठायत र राष्ट्रिय पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेललाई सम्मान गरिएको छ। गीतसंगीतका विभिन्न विधाका गरी ४४ विधामा अवार्ड वितिरण गरिएको आयोजक ब्राण्डरूट इन्टरटेनमेण्टका निर्देशक सुनिल बिसीले बताए।

सर्वोत्कृष्ट राष्ट्रिय गीतबाट गायक प्रकाश सपुत, भाषाभाषी गीतबाट युवाराज मगर, अन्तर्राष्ट्रिय गीतकारबाट बिमल पौडेल, चलचित्र गायकबाट सुरेश लामा, चलचित्र गायीकाबाट अस्मिता अधिकारी, चलचित्र गीतकारबाट दिग्गज दौराली, चलचित्र संगीतकारबाट अर्जुन पोख्रेल, सर्वोत्कृष्ट सुगम संगीत गीत गायकबाट गायक प्रमोद खरेल, सुगम संगीत गीत गायीकाबाट एलिना चौहान, सुगम संगीत गीतबाट सन्तोष केसी, सुगम संगीत गीत संगीतबाट रोशन सिंह, सुगमसंगीत गीत नव गायकबाट रन्जन राई, सुगम संगीत गीत नवगायीकाबाट अनु अधिकारीले अवार्ड पाइन्। सुगम संगीत गीत नवगीतकार भूपेन्द्र बुढाथोकी, सुगम संगीत गीत नवसंगीतकार सन्तोष सुनार, सर्वोत्कृष्ट सुगम संगीत गीत मोडलबाट बिक्रम पुरुष बुढाथोकी, सर्वोत्कृष्ट सुगम संगीत गीत मोडल महिलाबाट स्मारिका ढकाल, सुगम संगीत गीत नव मोडल पुरुषबाट नयन सिंह, सुगम संगीत गीत नब मोडल महिलाबाट प्रिया गोले, सर्वोत्कृष्ट सुगम संगीत गीत निर्देशकबाट बिक्रम चौहान, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकबाट नेत्र भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाबाट जानुका तामांङ्ग, सर्वोत्कृष्ट लोक दोहोरी गीत शब्दबाट प्रद लामिछाने, सर्वोत्कृष्ट लोक दोहोरी गीत भाकाबाट श्रीकृष्ण बम मल्ल, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय पुरुषबाट बिमल अधिकारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय महिलाबाट साया भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल पुरुषबाट ओबी रायमाझीले अवार्ड पाए।

यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य महिलाबाट रुबिना अधिकारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत छांयाकनबाट नवराज उप्रेती, सर्वोत्कृष्ट लोक दोहोरी गीत सम्पादनबाट प्रविन भट्ट, सर्वोत्कृष्ट लोक दोहोरी गीत संगीत संयोजनबाट सुनिल परियार, सर्वोत्कृष्ट लोक दोहोरी गीत निर्देशकबाट दिपेन्द्र तिमिल्सिना, लोक दोहोरी गीत गायकबाट नव प्रकाश दुतराज, दोहोरी गीत गायिकाबाट दिशान्ति परियार, लोक दोहोरी गीत शब्दबाट बादल घिमिरे, लोक दोहोरी गीत भाकाबाट प्रकाश पराजुली, लोक दोहोरी गीत मोडलबाट नव पुरुष विजय पुन, लोक दोहोरी गीत मोडल नव महिलाबाट रबिना भण्डारी, सर्वोत्कृष्ट सुगम संगीत संयोजनबाट बिशाल निरौला, सर्वोत्कृष्ट सुगम संगीत सम्पादन मिलन विश्वकर्मा, सर्वोत्कृष्ट कोरियोग्राफरबाट शम्भू साही, सर्वोत्कृष्ट रेकर्डिस्टबाट सुमन राणा, सर्वोत्कृष्ट ध्वनी मिश्रणबाट खडक बाजुराली, सर्वोत्कृष्ट युगल गायनबाट युबराज मगर, सर्वोत्कृष्ट सुगम संगीत छायांकनबाट प्रकाश खड्का, साथै पब्लिक च्वाइस अवार्ड मोडल नवबाट अन्सु बर्माबाट अवार्डपाएका थिए। त्यस्तै सर्वोत्कृष्ट पपुलर गीत गायिकाबाट सुनिता तिमिल्सिना, सर्वोत्कृष्ट मल्टिट्यालेण्ट अवार्डबाट नरेश खाती, उत्कृष्ट कलाकारबाट लक्ष्मण श्री, सर्वोत्कृष्ट लोक दोहोरि गीत गायक जुरीबाट यज्ञ बिक, सर्वोत्कृष्ट सुगम संगीत छायांकनबाट अजय रेग्मी, सर्वोत्कृष्ट लोक दोहोरी गायिका जुरीबाट सुमित्रा कोइराला, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल महिला जुरीबाट गीत ढुंगाना, सर्वोत्कृष्ट सुगम संगीत गीतकार जुरीबाट बिरेन्द्र कुमार बलामी, सर्वोत्कृष्ट लोक दोहोरी अभिनय मोडल पुरुष जुरीबाट महेन्द्र गौतम, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल नबबाट कृष्ण सापकोटा, सर्वोत्कृष्ट भाषाभाषी गीत जुरीबाट प्रेम बिवश घर्ती, सुगम संगीत मोडल महिला जुरीबाट रक्षा बुढाथोकी, नवप्रतिभा गायक लोक दोहोरीबाट सबिन चौहान, नवप्रतिभा लोक दोहोरी गायिकाबाट सर्मिला रायमाझी, नवप्रतिभा लोकदोहोरी गायिकाबाट माया पार्धे, नवप्रतिभा सुगम संगीत गीतकारबाट मिरा गीतरी, नव प्रतिभा मोडल लोक दोहोरी पुरुषबाट इश्वरबाबु, नवप्रतिभा मोडल लोक दोहोरी महिलाबाट यमुना रसाइली, सर्वोत्कृष्ट प्रोत्साहन गायकबाट अंकित न्यैपाने, सर्वोत्कृष्ट सिरियल मोडलबाट अभिनेत्री अनिता बस्नेतले अवार्ड पाएको निर्देशक बिसीले बताए। कार्यक्रमको संचालन संचारकर्मी राजेश बर्देवाले गरेका थिए ।

गायक राम सिङ को नयाँ गित “जाउ कतै तिमि र म” सार्वजनिक

गायक राम सिङ को नयाँ गित “जाउ कतै तिमि र म” सार्वजनिक लामो समय देखी नेपाली संगीत क्षेत्रमा योगदान दिदै आएका गायक तथा संगीतकार राम सिङ को नयाँ गित “जाउ कतै तिमि र म” सार्वजनिक भएको छ । अत्यन्तै मिलनसार स्वभाब का धनी गायक राम सिङ को गित पनि अत्यन्तै सुमधुर रहेको छ । भर्खरै सार्वजनिक भएको गितमा राम सिङ र अस्मिता अधिकारीले स्वर दिएका छन भने शब्द र संगीत गायक राम सिङ ले नै दिएका छन । दर्शक हरु बाट उक्त म्युजिक भिडियो को एकदम राम्रो प्रतिकृया आएको छ । उक्त मनमोहक दृश्य हरु लाई खिच्ने काम भने उक्त भिडियोका क्यामरा म्यान बुद्ध थापाले गरेका हुन भने उक्त म्युजिक भिडियो को निर्देशन केशब राज भट्ट ले गरेका हुन । गायक राम सिङको कर्णप्रिय आवाजमा सजिएको उक्त म्युजिक भिडियो मा नायक आकाश श्रेष्ठ र मोडल रुबिना थापाको अभिनय हेर्न सकिन्छ । उक्त भिडियोको निर्माण भने न्यूयोर्कमा रहेको मोक्तान डिजिटल ले गरेको हो उक्त गित एक पूर्ण आत्मसमर्पण गरिएको र प्रतिबद्ध प्रेम कहानी हो जब एक जोडीले एकदम, सुन्दर र शान्त ठाउँको खोजी गरिरहेका हुन्छन्। वास्तवमा तिनीहरू मायालु भावनाहरू साझा गर्न चाहन्छन् र आत्मविश्वास र पूर्ण तरिकाले रोमान्स गर्न चाहन्छन । थुप्रै नेपाली गित का सर्जक राम सिङ निकै राम्रो सम्भबना बोकेका गाएक हुन । लामो समय देखी अमेरिकाको न्यूयोर्क मा बस्दै आएका राम सिङ जहाँ रहेपनी नेपाली गित संगीत लाई सधै माया गर्ने र निरन्तर्ता दिने  बताउछन ।

अमेरिमा एक लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला

टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला परेको बताइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ। उनीहरू आप्रवासीहरू भएको ठानिएको छ। सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ। उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो।द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए।

 सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ। टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन्।

अमेरिका

तस्बिर स्रोत,REUTERS 

इन्धनको मूल्य घटेपछि सार्वजनिक सवारीसाधनको भाडापनि समायोजन

पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो । सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगे सार्वजनिक यातायातको भाडा समायोजन भएको बताइएको छ । यातायात व्यवस्था विभागले आइताबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाएको छ । इन्धनको मूल्य प्रतिलिटर २९ रुपैयाँसम्म घटेपछि सरकाले सार्वजनिक सवारीसाधनको भाडापनि घटाएको छ ।

 

 

शुक्रबारको कारोबारमा आकर्षण बढ्दै

असारदेखि शुरु भएको शुक्रबार सहितको ६ दिनको कारोबारमा बिस्तारै आकर्षण बढ्न थालेको छ। पहिलो शुक्रबार ७१ करोड ९० लाख रुपैयाँ मात्रै कारोबार भएकोमा दोस्रो शुक्रबार कारोबार रकममा ५७ प्रतिशतको बृद्धि भयो। दोस्रो शुक्रबार कारोबार रकम बढेर एक अर्ब १२ करोड रुपैयामा उक्लियो। जुन नियमित चार घण्टाकै कारोबारकै हाराहारी हो।  दोस्रो शुक्रबार नै कारोबार रकम ५७ प्रतिशतले बढेको छ। लगानीकर्ताहरु शुक्रबारको कारोबारमा अभ्यस्त हुन थालेका छन्। दोस्रो शुक्रबारबाटै कारोबार रकममा आएको उछालले लगानीकर्ताहरु माझ शुक्रबारको कारोबार प्रिय बन्दै गइरहेको छ।

अझै यस साता आइतबार र बुधबार भएको कारोबार रकम भन्दा शुक्रबारको कारोबार रकम बढी छ। जबकि आइतबार र बुधबार चार घण्टा कारोबारमा समेत शुक्रबार जत्तिको कारोबार भएको थिएन। आइतबार एक अर्ब १२ करोड ३६ लाखको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ८० करोड रुपैयाँमा झरेको थियो।

अफगानिस्तानमा भूकम्पबाट विध्वंस भएको क्षेत्रमा खाना र बस्ने ठाउँको अभाव

अफगानिस्तानमा दुई दशकयता आएको सबैभन्दा विध्वंसकारी भूकम्पबाट बच्न सफल भएकाहरूले आफूहरूसँग खान र बस्नका लागि ठाउँको अभाव भएको छ। सामान्यतया माटो र ढुङ्गाबाट बनेका गाउँका प्रायः सबै घर नराम्ररी क्षतिग्रस्त भएको देखिन्छ। लगभग हरेक परिवार आफन्त गुमाएको शोकमा छन्।  सैन्य हेलिकप्टरहरूले अहिले घाइतेलाई उद्धार गरिरहेका छैनन् तर राहत वितरण गर्दैछन्।सबैभन्दा ठूलो आवश्यकता भनेको घरबारविहीन भएका सयौँ परिवारका लागि आश्रयस्थलको हो।उनीहरूले धेरै मेहनत गरेर बनाएका घरहरूको अवशेष बनेका छन्।

अफगान र अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले क्षतिको मूल्याङ्कन गर्दैछन्।उनीहरूले राहत वितरण गरिरहेका छन् तर पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको देशमा यो ठूलो नयाँ सङ्कट हो। लगभग २५० जनसंख्यामध्ये लगभग ५० जना मारिएका छन्।अब ध्यान बाँचेकातर्फ जानुपर्ने र कसरी छिटो सहायता पुग्छ भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।

fuel-shortage petrol in nepal

सार्वजनिक यातायातको भाडामा उच्च वृद्धि

सरकारले इन्धनको मूल्य ह्वातै बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । गए राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायाेजन गरिएको विभागले जनाएको छ।