सम्झौताविपरीत काम गर्ने ४३४ जना तरकारी व्यवसायीमाथि कारवाही

 सम्झौताविपरीत काम गर्ने ४३४ जना तरकारी व्यवसायीमाथि कारवाही

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा सम्झौताविपरीत काम गर्नेमाथि ४३४ जना कारवाहीको सूची पारेको छ।  बोर्डले तरकारीमा तीनदेखि चार तहको सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको छ। बोर्डले तयार पारेको सूचीमा कालिमाटी बजारका ३ सय ३८, कालिमाटीको खुद्रातर्फ ८० र बालाजु तरकारी बजारका १६ जना छन्। बोर्डले कालिमाटी बजारको बहुउद्देश्यीय भवनतर्फ २१ र ४६ टहराभित्रका ३ सय १ व्यवसायीमध्ये २ सय ६१, फिस सेडभित्र कार्यरत थोकतर्फ ११ मध्ये ८, सहकारी समूहतर्फ १५ मध्ये १४, माछातर्फ २५ मध्ये २३ जना व्यवसायीलाई सूचीमा राखेको छ। बोर्डले सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको हो। २४ टहराभित्रका ३० मध्ये २४ र ३८ टहराभित्रका ४३ मध्ये ८ व्यवसायी पनि बोर्डको सूचीमा छन्। सोमबार कालिमाटी बजारमा कृषिमन्त्री खनालले गरेको स्थलगत निरीक्षण क्रममा तरकारी बेचबिखनमा ठूलो सिन्डिकेट रहेको पत्ता लागेको थियो।

रंगेली नगरपालिकाको वैज्ञानिक धान खेती

२०७५, जेष्ठ १९ :  गत वर्षसम्म सरकारले किसानलाई आकर्षित गर्न चैते धान खेतीका लागि बीउमा अनुदान उपलब्ध गराउँदै आएको  जिल्लाको रंगेली नगरपालिकाले उत्पादनमा वृद्धि भएपनि मोङमा चैते धान खेती घट्दो क्रममा रहेको छ । सरकारले किसानलाई चैते धानको बीउमा दिँदै आएको अनुदान यस वर्ष नदिएकोले उत्पादन घटेको हो । यस वर्ष प्रति कठ्ठा ५ देखि ६ मनसम्म धान उत्पादन भइरहेको छ । धान खेती वैज्ञानिक तरिकाले लाइन मिलाएर रोप्न सुरु गरेदेखि प्रति कठ्ठा अढाई तीन मन फल्दै आएको धान अहिले लाइन मिलाएर रोप्न थालेपछि दोब्बर बढी फल्न थालेको छ । लाइन मिलाएर धान रोप्न खेताला केही बढी लाग्ने गरेको र शुरुमा झन्झटिलो भएपनि अहिले सहज भएको छ अहिले धान रोप्न कृषि मजदुरहरुलाई ठेक्का नै दिन थालेकोले सहज भएको हो ।

कर्णाली सम्यताको पुरानो भल्को —कर्णली ढुकुरी संग्रालय

भक्तपुर, दिपक न्यौपाने, भक्तपुरमा रहेको अत्यन्तै रमणीय क्रिडा स्थिल फन पार्क क्षेत्र भित्र अलौकिक संग्रालय पाइएको छ । दक्षिण एशियाली देशहरु र कर्णाली ढुकुरी नाम दिइएको संग्रालय संवबत नेपालकै दुर्लब संग्रालयको रुपमा रहेको छ । कर्णाली जिल्लाको जुम्ला जन्मिएका गोबिन्द नेपालीले गरेको लामो समयसम्मको खोज अनुसन्धानबाट यो संग्रालय निमार्ण हुन सकेको हो छ ।

संग्रालयम अत्न्तै दुर्लव मानिने कणली जिल्लाको सभ्यता, संस्कृति रीतिरिवाज, परम्परा तथा पुरातत्वका बिषयबस्तुहरुलाई संग्रलमा सग्रहित गरि राखिएको छ ।
फन पार्कमा सानो स्थानमा यो संग्रालय राख्न पाउँदा कर्णाली वासी ज्यादै खुसि भएको संग्रालय व्यबस्थापन प्रमुख गोबीन्द नेपाली बताउनु हुन्छ । यो संग्रालय प्रबेस गर्न शुल्क नलाग्ने र कोहि सहयोगीहरुले दिएको सहयोग रकम कर्णाली क्षेत्रका दलित तथा असहाय वालबालीकाहरुको हितमा खर्च गरिने गोबीन्द नेपालीले बताउनु भयो ।
औपचारीक रुपा संग्रालय उद्धाटन नभएपनि संग्रालय भने खुल्ला रहेको छ । यो संग्रालयमा कार्णाली बासीहरुको यथार्थ परिभेष बुज्न पाइने छ । २०० सय बर्ष देखिका पुराना दैनिक चलन चल्तीका सामाग्रीहरु देख्न पाइन्छ ।

जमीन टुक्राएर बेच्न नपाइने निर्णय- अदालतले गर्यो सदर

कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले दिएको आन्तरिम आदेश र सोको रीट निवेदन खारेज गरेका हुन् ।

‘सरकारले भू उपयोग नीति अब छिट्टै ल्याउने छ । जसले कृषि, आवासीय, औद्योगिक, वनलगायतका क्षेत्रको निर्धारण नगरी संबिधानले नागरिकका हकमा गरेको सुनिस्चितता पुरा हुन सक्दैन ।’ पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले  भने ।

‘त्यसैको पहिलो कदमको रुपमा यसअघि सरकारले चालेको कदमलाई अदालतले समेत सहि भनिसकेको अबस्थामा अबको सरकारलाई कामगर्न सहज हुन्छ ।’ पाण्डेले भने ।

२०७४ साउन २६ गते  सरकारले कस्तो जग्गालाई कृषियोग्य जमीन सम्झनुपर्छ भनेर व्याख्या पनि गरेको छ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जग्गा प्लटिङ गर्ने व्यक्ती, फर्म, संस्था वा कम्पनीले सम्बन्धीत निकायबाट अनुमति लिएर वा नलिईकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण  गरी घडेरीका रुपमा विक्रीवितरण गर्न गराउन नपाउने गरी प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । सरकारले गरेको यस्तो व्यवस्थाले संविधानमा भएको सम्पति सम्बन्धी अधिकारको हनन् भएको दाबी गरी अधिवक्ता जगदीश आर्चायले सर्चोच्च अदालतमा निवेदन दायर गरेका थिए । सोहि रीट निवेदनका आधारमा २०७४ भदौ १ गते सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तिरिम आदेश दिएको थियो ।   सरकारका अनुसार जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम पुनः नापजाँच भएको क्षेत्रमा जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २० बमोजिम कृषिक्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नापजाँच हुन बाँकी रहेका क्षेत्रमा साविकका नापजाँच हुँदा फिल्डबूक तथा स्रेस्तापुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भीट पाखोतर्फ अब्बल र दोयम कायम रहेका जग्गा सम्झनुपर्ने भनी उल्लेख भएको थियो ।

शिवपुरी राष्ट्रिय निकुञ्जको बन्यजन्तुले कृषकलाई हैरानी

 भरतसन्तोषी,नुवाकोट: नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्जको वरपरका कृषकहरु बन्यजन्तुहरुद्वारा पीडित बनेका छ्न।जिल्लाको मध्यवर्ती क्षेत्रका राष्ट्रिय निकुञ्ज आसपासमा लगाइएको सयौ रोपनी क्षेत्रफलको अन्नवाली जंगली जनावरले नष्ट गरिदिए पछि उनीहरु पीडित भएका हुन।´बादर,दुम्सी,बदेल बाट हामीले ज्यादा हैरानी पाएका छौ।`स्थानीय रामकृष्ण सेढाईले भने´लगाएको अन्नबाली भण्डारण गर्नु पुर्व नै बारीमै बन्यजन्तुले नष्ट पारीदिन्छ।` अहिले यस क्षेत्रका कृषकहरुलाई बादरले ज्यादा क्षति पुराईरहेको छ।दिनभरि बादरले दुख दिने रातमा दुम्सी तथा बदेलले दुख दिने गरेको कृषकहरूको गुनासो छ।निकुञ्जको मध्यवर्तीय क्षेत्रका कृषकलाई मात्रै बालीनालीमा पर्ने असरको मुल्यांकन गरि क्षतिपूर्तिको ब्यवस्था गर्ने गरेको निकुन्जका धावा लामाले बताउनुभयो।तर मध्यवर्ती निर्धारित जग्गा भन्दा तल्लो भेगमा बन्यजन्तुले धेरै असर पुर्याईरहेको पाईन्छ।सुनखानीका स्थानीय नवराज श्रेष्ठले भने हाम्रो क्षेत्र सिमान्कनमा क्षतिपूर्ति पाउने थलो होइन तर हामी नै धेरै पीडित भएका छौ। अहिले जिल्लाको शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका केही गाबिसका केही वडा क्षेत्र मात्र वन्यजन्तुले असर पुराउने भन्दै अति संवेदनशील क्षेत्र भनी सीमान्कन गरिएको शिवपुरी राष्ट्रिय निकुञ्ज नुवाकोट ईन्जार्ज सुजन गुरुङले बताउनुभयो। उनका अनुसार नुवाकोट ,सिन्धुपाल्चोक र काठमाडौ भुभाग ज्यादा ओगटेको यस निकुन्ज क्षेत्र अन्तर्गत नुवाकोटका सिक्रे,समुन्द्रादेवी,सुनखानी,थानापती र ककनीका केहि क्षेत्र र वडा मात्र संवेदनशील ठहर गरि कृषकहरुलाई क्षतिपूर्तिको ब्यवस्थापन गरिएको छ।

टानमा दाहाल बने अध्यक्ष

१३ कात्तिक, काठमाडौं :  टानको आइतबार सम्पन्न निर्वाचनमा  अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) कोआइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।  निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो ।  नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।

समुन्द्रा उच्च माबिको विधालय भवन शिलान्यास

 भरतसन्तोषी,नुवाकोट _ शिवपुरी गाउँपालिका वडा न ६ मा रहेको समुन्द्रा उच्च माबि को भवन आज शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा ज्युको प्रमुख अतिथि मा शिलान्यास भएको छ। भवन उदघाटन गरदै उहाले शिक्षा क्षेत्रको बिकास ले नै बिकासमा टेवा पुग्ने बताउनु भयो ।सो भवन टि डि एच जरमनिको साझेदारी मा कार्डसन नुवाकोट दारा सञ्चालित कार्यक्रम अन्तरगत निर्माण हुन लागिएको हो । भवन ८ कोठा को रहेको छ र भवन भुकम्प पर्तिरोधि निर्माण गरिने कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले बताउनु भयो सो भबनको लागत मुल्य ८७ लाख रहेको छ। आज विधालयको प्रङणमा भएको कार्यक्रम मा अतिथिहरु टिडि एच जरमनिका पिन्ट फे्न्चव नेपाल को कन्टि्डाईरेकटर श्याम श्रेष्ठ कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती वडा न ६ काे अध्यक्ष लाल बहादुर तामाङ वडा सदस्य ज्ञान ब तामाङ विधालयका पुव प्र जनकराज थापा रहनु भएको थियोे कार्यक्रम विधालय ब्यबस्थापन कमिटीको अध्यक्ष जितेन्द्र बिष्ट को सभापति भएको थियो ।samundra uchya mabi

तराईका जिल्लामा यस वर्ष धान उत्पादन बढ्ने

जनकपुर : तराईका जिल्लामा मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय काठमाडौंका अनुसार  यस वर्ष धान उत्पादन बढ्ने भएको छ । एक दशकपछि यस वर्ष राम्रोसँग पानी परेकाले किसान खुसी देखिएका छन् । पछिल्लो वर्षहरूमा खडेरी, सुख्खायाम र धानमा विभिन्न रोग लागेर उत्पादन राम्रो हुन सकेको थिएन । तर, यस वर्ष मौसमले साथ दिएकोले राम्रो उत्पादन हुने निश्चित भएको देखिएको छ ।असारको सुरुदेखि नै पानी परेपछि समयमा धान रोप्न पाएका किसानले यस वर्ष राम्रो प्रतिफल पाउने आश गरेका छन् । धान रोपेपछि पनि समयसमयमा पानी परिरहेकाले उत्पादन बढ्ने देखिएपछि किसान उत्साहित भएका हुन् । अकासे वर्षाको भरमा खेती हुँदै आएकोले यस जिल्लामा पछिल्ला वर्षमा पानी नपर्दा किसानले लगानीअनुसारको प्रतिफलसमेत पाउन सकेका थिएनन् ।  असारको सुरुदेखि नै पानी परेपछि समयमा धान रोप्न पाएका किसानले यस वर्ष राम्रो प्रतिफल पाउने आश गरेका छन् ।

बिजयादशमीको टीका लगाउने साइत विहान ८ बजेर ४५ मिनटमा

असोज २५ गते मङ्गलबार देवी विसर्जनको साइत बिहान ८ बजेर ३० मिनेटमा रहेको र  बिजयादशमीको टीका लगाउने साइत विहान ८ बजेर ४५ मिनटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । असोज २५ गते मङ्गलबार देवी विसर्जनको साइत बिहान ८ बजेर ३० मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान ८ बजेर ४५ मिनटको साइत उत्तम रहेको समितिले जानकारी जनाएको छ ।  यस वर्ष १० औँ दिनपछि ११औँ दिनमा बिजया दशमीको टिका थाप्ने संयोग परेको नेपाल पञ्चाङग निर्णायक समितिको भनाई छ ।

One of the World Heritage Bouddhanath Stupa

One of the World Heritage Bouddhanath Stupa

KATHMANDU: Speaking at a programme ‘Addressing vulnerabilities of urban communities in post-earthquake reconstruction: Issues of Livelihood’ in Kathmandu yesterday, Bishnu Bhandari, executive member at the National Reconstruction Authority, said urban livelihood should be resilient and organisations working to support the victims should run their programmes by understanding the latter’s needs.   Speakers at a programme have stressed on addressing the vulnerabilities of urban communities in post-earthquake reconstruction. Umesh Dhakal, chief of Earthquake Response Operations of Nepal Red Cross Society, stressed on adopting integrated approach to address urban issues. He said issues of shelter, livelihood, water, sanitation, and hygiene should be addressed simultaneously. Bimal Gadal, sustainable development director at Oxfam Nepal, said as per the report of the Post Disaster Needs Assessment, the earthquakes increased the population in poverty by an additional three per cent.  He also stressed on creating employment and providing social security to the earthquake victims.