सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाटन

सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाट भएको छ ।   कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान०को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन  गर्नु भएको थियो ।  पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।
२९औँ संस्करणको एस पावर क्यान इन्फोटेकको उद्घाटन मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर सुरु भएको छ। राष्ट्रिय सभागृहमा आयोजित क्यान इन्फोटेकको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलको एपबाट र दिप प्रज्वलन गरि उद्‌घाटन गर्नु   भएको थियो । यसपटक क्यान इन्फोटेकको उद्घाटन प्रविधि र संस्कृतिको संयोजन गरेर गरिएको हो। यसका साथै उद्घटन समारोहमा मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो। ६ वर्षदेखि क्यान महासङ्घ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनेदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आइटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति दिँदै आएको छ। यो छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेकको पहिलो दिन सो छात्रवृत्ति घोषणा हुनेछ।  पटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने महासङ्घले जनाएको छ। इन्फोटेकमा नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सोलुसनलाई प्राथमिकता दिइने क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। यस अन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टल व्यवस्था गरिनेछ। क्यान इन्फोटेक करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल छन् । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

Spread the love