नेवार समुदायले भाइटीका मनाउँदै – आज सार्वजनिक विदा

१३ कात्तिक, काठमाडौं : मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । नेवार समुदायले भाइटीका मनाउँदै आज सार्वजनिक विदा दिएको छ । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । तिहारमा सप्तरङ्गी टीका लगाउने शास्त्रीय मान्यतामा टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

Spread the love