‘बेहुली’ जनकपुरधाम !

२६ मंसिर, जनकपुरधाम: अहिले जनकपुर क्षेत्रलाई विशेष रुपमा सिंगारिएको छ ।  सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने गर्दछन् । बिहेका लागि रामको जन्मस्थल अयोध्याबाट  आजै स्वयम्बर गरेर डोली लिई जन्तीहरु अयोध्या फर्किने गर्छन् । यसलाई हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन उत्सवको रुपमा मनाउने गरिएको छ । नकी मन्दिर, मुख्यमन्त्री निवास, रंगभूमि मैदान लगायका स्थानमा उज्यालो प्रकाशको व्यवस्था र झिलिमिली पारिएको छ ।  राम-सीताको विवाह महोत्सवमा सहभागी मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।

Spread the love