बि एम फाउन्डेसन बिबिध सामजिक सहयोग कृयाकलाप अभियानमा सक्रिय

कोभीड १९ कोरोना भाइरस बिपत्तिको यस घडिमा बि एम फाउन्डेसन ले बिबिध सामजिक सहयोगका कृयाकलाप तथा अभियान लाई तिब्रता दिएको छ । फाउन्डेसनले २५ थान पीपीई, एक हजार थान मास्क तथा सेनिटाइजर लगाएतको सुरक्षा सामाग्री अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई वितरण गर्ने गरी स्याङ्जा को चापाकोट नगरपालिकाका नगरप्रमुख शिब कुमार गिरीलाइ हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले गरेको यी सामाग्री तथा सहयोगलाइ लक्षित बर्ग समक्ष पुराउन कट्टिबद्ध  रहेको बताउँदै चापाकोट नगरपालिका हाल को समय सम्म कोरोनाको कुनै संक्रमणबाट संक्रमीत हुन नपरेको समेत गिरीले बताउनुभयो । लामो लकडाउनको कारण दिर्घ रोगका बिरामीलाई लक्षित गर्दै घर घरमा समेत औषधी वितरण गरिएको बि एम फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताउनुभयो ।

राज्यले निशुल्क प्रदान नगरेको तर दैनिक सेवन गर्न पर्ने दिर्घ रोगले ग्रस्त बुढा बुढी आमा बुबा जो सहजै अस्पत्ताल सम्म पुग्ने अबस्था नरहेकोले उहाँहरुको पहिचान गर्दै दिर्घरोगी तथा ब्लड  प्रेशरका बिरामीलाई घरघरमै पु-र्याइ औषधी वितरण गरीएको समेत डा.श्रेष्ठले बताउनुभयो ।

अभियान बाट २ अस्पत्ताल, ५ स्वास्थ्य चौकी, २ डेण्टल क्लिनीक र २ वटा एम्बुलेन्स चालकलाई गरी २५ थान पीपीई हस्तान्तरण गरिएको छ । यसैगरी अग्रपंत्तिमा खटिने अन्य  सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र संञ्चारकर्मीलाइ समेत के एन ९५ मास्क बितरण गरिएको छ ।

फाउन्डेसनले चापाकोट नगरपालिका बाहेक कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाको राहत कोषमा २५,२५ हजार र गण्डकी प्रदेश सरकारको रहात कोषमा एक लाख सहयोग समेत गरेको छ । स्रोत ः http://harpalsamachar.com/

Spread the love