अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र

अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भए पनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नसिपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आएको  छ । २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेज आएका विद्यार्थीहरु अब पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका हुन् ।

Spread the love