म्यान्मारको सैनिक सत्तामा गम्भीर धक्का

म्यान्मारमा सेनाले बनाएका राष्ट्रपतिले सरकारले शान राज्यमा सुरु भएको लडाइँ नियन्त्रण गर्न नसकेमा देश टुक्रिने खतरामा रहेको चेतावनी दिएका छन्। पूर्व जेनरल मिन्ट स्वेलाई सन् २०२१ को कूपछि राष्ट्रपति बनाइएको थियो। सत्तारूढ सैनिक परिषद्ले गैरसैनिक लडाकुहरूले गरिरहेका आक्रमण र त्यसबाट सैनिकतर्फ भएको गम्भीर क्षतिबारे छलफल गर्न आयोजना गरेको आपत्कालीन बैठकमा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन्। सरकारको विपक्षमा रहेका अन्य सशस्त्र समूहको समर्थनप्राप्त गरेका शान राज्यका तीन आदिवासी विद्रोही सेनाले दर्जनौँ सैन्य पोस्टहरू ध्वस्त पारेका र सीमा नाकाहरू आफ्नो नियन्त्रणमा लिएका तथा चीनसँगको व्यापारमा प्रयोग हुने विभिन्न सडकहरू पनि नियन्त्रणमा लिएका छन्।

Spread the love