अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि – मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

२७ असार, काठमाडौं : मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्तत: पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।  अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ ।  ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।  २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो । मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । 

ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे ।   वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए ।

अर्जेन्टिनाले ठूलो प्रतियोगितामा फाइनलमा गोल गरेको यो १६ वर्षपछि पहिलो हो । सन् २००५ मा अर्जेन्टिनाले पछिल्लो पटक गोल गरेको थियो । त्यो बेला कन्फेडेरेसन कपमा अर्जेन्टिना ब्राजिलसँगै पराजित भएको थियो ।

 

 

Spread the love