एरिजोना बोर्डरबाट अमेरिका छिर्दै गरेका २६४ जना पक्राउ

अमेरिका :  गैरकानुनी रुपमा अमेरिका छिर्दै गरेका २६४ जना आप्रवासीहरुलाई एरिजोनाको मरुभूमीबाट अमेरिकी सिमा सुरक्षा बलको गस्तीले पक्राउ गरेका छ । विगत तीन महिनामा उक्त क्षेत्रमा सीबीपीले गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने १२ सय भन्दा धेरैलाई पक्राउ गरेको छ ।   उनीहरुलाई २४ घण्टाको अवधिभित्र पक्राउ गरेको हो । दुईवटा ठूला समुहमा अमेरिका छिर्न लागेका उनीहरुलाई सिमाक्षेत्रमा पक्राउ गरिएको हो । गैरकानुनी रुपमा सिमा पार गरेर अध्यागमन अपराध गरेको अभियोगमा उनीहरुलाई युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको स्टेशनमा हस्तान्तरण गरिएको छ । पक्राउ पर्नेहरु ११ महिनादेखि ५९ बर्ष उमेर समुहका रहेको सीबीपीले जनाएको छ ।

Spread the love